‘ग्लोबल वार्मिङ’ भनेको महिला विरुद्धको हिंसा हो


केवल एक सय वर्षमा औद्योगिकीकरण, उपभोक्तावाद, व्यक्तिवाद, ह्रास, लुटपाट र हिंसाले यस ग्रहको इतिहासमा यस अघि कहिल्यै नभएको जलवायुमा परिवर्तन गरिदिएको छ । र, कम औद्योगिकीकरण भएका राष्ट्रहरूले हरितगृह ग्यास उत्सर्जनमा औद्योगिक राष्ट्रहरू जत्तिकै योगदान नगरेको भएपनि दक्षिणी विश्वमा संरचनात्मक रूपमा बहिष्करणमा परेका मानिसहरू, विशेषगरी आदिवासी, अफ्रो–मूलका, आप्रवासी, र सीमान्तकृत सहरी महिला र किशोरीहरुले जलवायु परिवर्तनको प्रभावको असर भोग्नु परिरहेको छ ।

यो वास्तविकताले हामीलाई लैङ्गिक न्यायसँग जटिल रुपमा जोडिएको वातावरणीय र जलवायु न्यायका लागि सङ्घर्ष गर्न आह्वान गर्दछ । गहिरो जरा गाडेको सामाजिक तथा लैङ्गिक असमानताका कारण, ठूला सहरको छेउमा वा ग्रामीण समुदायमा बस्ने महिलाहरू प्रायः पानी र माटोको प्रदूषण, अत्यधिक फोहोर, बाढी, आँधी र हावाहुरी, लामो खडेरी, तातो हावा, पशु प्रजाति र पारिस्थितिकीय प्रणालीको विनाश, नयाँ महामारी र रोगहरुको संक्रमणबाट सबैभन्दा बढी प्रभावित हुन्छन् ।

दक्षिणी मेक्सिकोमा महिलाहरूसँग काम गर्ने एउटा इकोफेमिनिस्ट संस्थाका नाताले हामीलाई यसबारे प्रत्यक्ष अनुभव छ । स्थापना भएको बाह्र वर्षमा, Agua y Vida: Mujeres, Derechos y Ambiente (पानी र जीवनः महिला, अधिकार, र वातावरण)संस्थाले ७ लाख भन्दा बढी महिलाहरूलाई उनीहरूको वातावरणीय अधिकारको प्रतिरक्षाका लागि उनीहरूको संघर्षलाई सहयोग पु¥याउन तालिम र जानकारी प्रदान गरेको छ । हामीले यो कार्य कार्यशाला, तालिम, वकालत अभियान, चलचित्र प्रदर्शनी, फोरम र बैठकहरू जस्ता माध्यममार्फत गरेका छौं । लगातार बहिष्करण र मौखिक तथा शारिरीक हिंसाका घटनाका बाबजुद पनि आफ्नो इलाका, पानी, भूमि, बीउ, पुर्खौली ज्ञानको संरक्षणका लागि सङ्गठित महिलाले गरेको कार्यका बारेमा पनि हामीले जनचेतना जगाएका छौं । सामुदायिकस्तरमा महिलाहरूले वातावरणीय र जलवायु न्यायको पक्षमा ठोस प्रयासहरु गरिरहेका छन् ।

दक्षिणी मेक्सिकोमा अवस्थित चियापासमा महिलाहरूले ग्लोबल वार्मिङ (बढ्दो तापक्रम)का बारेमा कुरा गर्दा हामी दैनिक जीवनबारे कुरा गरिरहेका हुन्छौँ । हामीले कार्बन मुल्य निर्धारण वा तापक्रममा आएका भिन्नताहरू गणना गर्ने बारे कुरा गरिरहेका छैनौं । खाद्यान्नको मुल्य बढ्दै गएको; रोगहरू बढ्दै गएको तर औषधिमा पहुँच कम हुँदै गएको; बर्षाले घर र फर्निचरहरु बगाइरहेको; बीउ सकिँदै गएको ; जमिनले उत्पादन दिन छोडेको र पानी झन् झन् प्रदूषित र दुर्लभ हुँदै गइरहेको तथ्यबारे हामी कुरा गरिरहेका छौं । दैनिक जीवन कसरी कठिन हुँदै गइरहेको छ भन्ने बारे हामी कुराकानी गरिरहेका छौं ।

नोभेम्बर २०२० मा चियापासमा एटा आँधी आउँदा माटो पुनस्र्थापना, वृक्षरोपण, जैविक बगैंचा र आफ्नै उपभोगका लागि कुखुरापालन जस्ता कार्यहरु गरिरहेका हामीले साथ दिएका महिला समूहहरू वर्षाका कारण सबैथोक गुमाए ।

त्यसैकारण, जब गैर–गोरा महिलाहरूले ग्लोबल वार्मिङको कुरा गर्छन् हामी बहिष्करण, सीमान्तीकरणसहितको हाम्रो जीवन अनुभव र हाम्रो शरीरमा महसुस गर्ने विभिन्न प्रकारका संरचनात्मक हिंसाका अनुभवहरूको बारेमा कुरा गरिरहेका हुन्छौं । यी शरीर भनेका ५०० बर्ष भन्दा बढी समय निरन्तर लुटिएका उपनिवेशी शासन भोगेका क्षेत्रमा बसोबास गर्ने शरीरहरु हुन् । यदि कम्पनीहरूले खानी, हाइड्रोकार्बन उत्खनन, सघन कृषि र पशुपालन, र पेट्रोकेमिकल, अटोमोटिभ र पर्यटन उद्योग जस्ता यो ग्रहलाई बढी तातो बनाउने किसिमका गतिविधिहरूमा रोक लगाएनन् भने ग्लोबल वार्मिङलाई १.५ वा २ डिग्री सेलसियसमा सीमित गर्न असम्भव हुनेछ, र त्यसले हामी सबै र हाम्रो ग्रहको लागि विनाशकारी परिणामहरू निम्त्याउनेछ ।

उपनिवेशवाद, जातिवाद र पितृसत्ताको परिणामको रूपमा जलवायु परिवर्तन

चियापासमा अब पानी कहिले पर्छ वा कति मात्रामा पर्छ भन्ने करा हामीलाई थाहा हुँदैन; सुख्खा मौसम कहिले समाप्त हुन्छ वा कति तीव्र वा लामो समय चल्छ भन्ने कुरा हामीलाई थाहा छैन । फलस्वरुप, क्याम्पेसिनस महिला र आदिवासी महिलाहरूलाई अब मकै कहिले रोप्ने भन्ने थाहा छैन, जुन हाम्रो आहारको मुख्य आधार हो ।

खडेरी र बाढीको कारण भएको बाली नोक्सानीले निराशा र भोक निम्त्याउँछ । यसले धेरै घरपरिवारलाई पाम तेल खेती जस्ता उत्खननजन्य परियोजनाका लागि आफ्नो जग्गा बेच्न वा भाडामा लिन बाध्य पार्छ । त्यसको परिणामस्वरूप आउने निराशाले धेरै पुरुषहरूलाई रक्सीको लतमा धकेल्ने काम गर्छ, र त्यसले उनीहरूलाई थप हिंसात्मक बनाउँछ । जनवरीदेखि सेप्टेम्बर २०२१ सम्म, चियापासमा घरेलु हिंसाका २,८७३, बलात्कारका ३६५ र नारी भ्रुणहत्याका ३८ घटनाहरू दर्ता भएका थिए । त्यसका पीडितहरू मध्ये, ४१.९% घरेलु श्रमिकहरू थिए, जसमध्ये धेरै होन्डुरस, ग्वाटेमाला र एल साल्भाडोरबाट आएका आप्रवासी पनि थिए । वातावरणीय विनाश, सैनीकीकरण र हिंसाको परिप्रेक्षमा महिलाहरूले प्रायः बसाइँसराइलाई आफ्नो एकमात्र विकल्पका रूपमा लिने गर्छन् । हाम्रो ‘महिला तथा विशाल परियोजना’ कार्यशालामा सहभागी भएकी एक जना महिलाको भनाई यस्तो थियो ः

कर्पोरेट र/वा सरकारी प्रतिनिधिहरूले ठूला परियोजनाले विकास, प्रगति र रोजगारी ल्याउने वाचा गर्छन् तर त्यो झुठो हो । महिलाहरुले हिंसा बढेको उल्लेख गरेका छन् । हाम्रा श्रीमान्हरूले आफ्नो जागिर गुमाउँदा रक्सी र लागूपदार्थको सहरा लिन्छन् । त्यसपछि हिंसा बढ्छ, पलायन बढ्छ । श्रीमान्हरू टाढा जान्छन्, र आफ्ना श्रीमतीहरूलाई छोराछोरीसहित छोड्छन् । अन्ततः ती महिलाहरू पनि बसाइँ सर्छन् ।

— महिला र विशाल परियोजना ः सामुदायिक उत्थानशिलताको निर्माण विषय कार्यशालको एक सहभागी जुन २०२१

महिलाहरूले यो अवस्थालाई परिवर्तन गर्न सक्छन् र हामीले त्यही नै गरिरहेका छौं

चियापासमा, धेरै महिला समूहहरूले आफ्नो भूमि र क्षेत्रहरू पुनःप्राप्ति र पुनस्र्थापना गर्न काम गरिरहेका छन् । वास्तवमा, उनीहरू स्रोतमा सीमित पहुँच भएका समुदायहरूमा बस्छन् तर वातावरणीय न्यायमा योगदान पु¥याउने ठोस कार्यहरु गर्दैछन् । यसले गर्दा उनीहरु सामाजिक तथा वातावरणीय मुद्दा र द्वन्द्वबाट प्रभावित हुने उच्च जोखिममा हुन्छन् । उनीहरूको शब्दमाः

सरकार र कम्पनीहरुले हामीमाथि ठूला परियोजनाहरू जबरजस्ती लागु गर्न चाहन्छन् र त्यसले हाम्रो जमिन सबै नष्ट भएर जानेछ । उनीहरूले हाम्रो बाली र परम्परागत औषधि पनि नष्ट गर्नेछन् । त्यसैले म प्रतिरक्षामा उत्रेको छु । हाम्रो क्षेत्रमा भएका सबै कुराको हामी रक्षा गरौं ।

— महिला र विशाल परियोजना ः सामुदायिक उत्थानशिलताको निर्माण विषय कार्यशालको एक सहभागी जुन २०२१

त्यसैगरी, उनीहरूको कामले जलवायु न्यायमा योगदान पु¥याउँछ किनभने प्रायः महिलाहरू नै हुन् जसले आफ्नो संगठन र श्रम मार्फत आफ्नो संस्कृतिलाई जीवित राखिरहेका छन् र आफ्नो पुर्खाको ज्ञानको माध्यमबाट आफ्नो भूमिको जैविक विविधतालाई पुनःप्राप्ति गर्दैछन्न् । यसरी, समुदायस्तरका महिलाहरूले जलवायु परिवर्तनको प्रभावलाई कम गर्न मद्दत गरिरहेका छन् । उनीहरूकै शब्दमा, उनीहरूले प्रयोग गर्ने केही अभ्यासहरू देहाय अनुसार छन् ः

स्थानीय स्तरमा, हामी हाम्रो परिवारलाई सहयोग गर्न र स्वस्थकर खानाको लागि कृषि–पर्यावरण र अण्डा उत्पादनसहित कुखुरापालन गरिरहेका छौं । हामी हाम्रो परिवारलाई आपूर्ति गर्ने बालीहरूको व्यवस्थापन गर्न नाइट्रोजन, पोटासियम, फस्फोरस र म्याग्नेसियमका साथै खनिजले भरिपूर्ण हुने वर्र्मीकम्पोस्ट मलको प्रयोग गर्छौं, माटोको पुनस्र्थापना र पोषक तत्वहरू बढाउने कीराहरूबाट प्राप्त जैविक मल प्रयोग गर्दैछौं, र खानेपाी हामी आफैं आपूर्ति गर्दैछौं। हामीले फोहोर र प्रयोग भइसकेको पानी व्यवस्थापन अभ्यासहरू गर्दैछौं । हामी निरन्तर हामी के खान्छौं, र हाम्रा छोराछोरी, हाम्रो परिवार र हाम्रो समुदायलाई के खुवाउनेछौं भन्ने बारे सोचिरहेका छौं । हाम्रा भूमिहरूको रक्षा गर्ने कार्यलाई जारी राख्न सहमति गर्दैछौं र उत्खनन्जन्य अभ्यासहरूविरुद्ध लड्ने अनुभव आदानप्रदान गरिरहेका छौं । यसका अतिरिक्त, हामी हाम्रो भूभागको लागि संघर्ष जारी राख्न र भूमिको अधिकारको लागि लड्न समूह र समुदायहरूसँगको हाम्रो गठबन्धनलाई सुदृढ गर्दैछौं । स्थानीय र क्षेत्रीय रूपमा सफा, स्वस्थ खाना बिक्री गर्न साना कृषि उत्पादकहरूसँग पनि संगठित भएका छौं ।

— खाद्य सार्वभौमिकता, स्वास्थ्य, र क्षेत्रहरूको रक्षाका लागि महिलामा ः मेक्सिकोको दक्षिणपूर्वमा पाम तेल खेती विस्तारको विकल्प बुन्दै विषयक कार्यक्रमका एक सहभागी, मार्च २०२१

यी भनाईहरुले जलवायु निर्णयहरूले स्थानीय महिलाहरूको ज्ञानलाई ध्यानमा राख्दै त्यसलाई एकीकृत गरिनुपर्दछ भनेर कुरा देखाउँछ । स्पष्ट रूपमा भन्नुपर्दाः जबसम्म उत्खननजन्य अभ्यासहरू विद्यमान भएसम्म ग्लोबल वार्मिङ रोकिने छैन । महिलाको भनाइ र उनीहरूको ज्ञानलाई ध्यानमा राख्दै स्थानीय तहमा वातावरणीय र जलवायु न्यायका लागि संगठित भएर लड्यौं भने मात्रै यसलाई रोक्न सकिन्छ । यदि हामीले तापक्रम मापनभन्दा पर र यसको प्रभावका कारण सबैभन्दा बढी पीडा भोग्नेहरूको आँखातर्फ आफ्नो दृष्टिकोण फराकिलो बनायौं भने मात्र यसलाई रोक्न सकिन्छ ।

 

Agua y Vida: Mujeres, Derechos y Ambiente (पानी र जीवनः महिला, अधिकार, र वातावरण) संस्था एउटा इकोफेमिनिस्ट संस्था हो जसले दक्षिणी मेक्सिकोको चियापास, ओक्साका र टापास्कोमा महिलाहरूसँग काम गर्छ । उनीहरूको उद्देश्य सामाजिक र वातावरणीय न्याय प्रवद्र्धन गर्न महिला मानवअधिकार र पानी, भूमि र आमजनताको अधिकारबीचको अन्तरनिर्भरतालाई सुदृढ पार्ने कार्यक्रमहरुको विकास गर्नु हो । उनीहरूले आफ्नो काम तीन अन्तरसम्बन्धित कार्यक्रमहरू मार्फत गर्छन् ःवातावरणीय अधिकार र न्याय कार्यक्रम, शरीर देखि पृथ्वी इलाका कार्यक्रम, र घरेलु काम तथा हेरचाह कार्यक्रम । उनीहरूले प्रयोग गर्ने रणनीतिमा तालिम, अनुसन्धान, सञ्चार, नेटवर्किङ, र नारीवादी अभियानकार्य हुन् । तपाईं तिनीहरूलाई फेसबुक, ट्विटरइन्स्टाग्राममा फलो गर्न सक्नुहुन्छ ।


Related Post

გლობალური სამხრეთის ფემინისტები COP გადაწყვეტილების მიმღებებს: რადიკალური ცვლილება კლიმატის სამართლიანობისთვის

“კლიმატის სამართლიანობა გულისხმობს… ერთი მხრივ მუშაობის დაწყებას კლიმატის კრიზისის გამომწვევ ისეთ ძირეულ მიზეზებზე, როგორიცაა არამდგრადი წარმოება, მოხმარება და ვაჭრობა და…

See more

Ang Panawagan ng mga Peminista mula sa Global South sa mga nagdedesisyon sa COP: Radikal na pagbabago para sa hustisyang pangklima

“Ang hustisyang pangklima ay nangangahulugan na…paglaban sa pinag-ugatan ng krisis pangklima – kasama ang hindi sustenableng produksyon, konsumpsyon, at pakikipagkalakalan…

See more

Feministas do Sul Global para os tomadores de decisão da COP: Mudança radical por justiça climática

“Justiça climática significa … combater as causas profundas da crise climática – incluindo produção, consumo e comércio insustentáveis – e,…

See more

Subscribe to our newsletter

Sign up and keep up to date with our network's collective fight for a gender and environmentally just world.