जलवायु परिवर्तनको प्रभावलाई कम गर्न मगर महिलाहरूद्वारा आदिवासी ज्ञानको प्रयोग


लामो कथा छोटकरीमा : एसियाली विकास बैंक र युरोपेली लगानी बैंक जस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले ठूला  जलविद्युत आयोजनाहरुको गलत जलवायु समाधानमा लगानी गर्न जारी राखेका छन्, जसले प्रायः स्थानीय समुदायहरूलाई विस्थापित गर्छ र त्यो हरितगृह ग्यासहरूको महत्त्वपूर्ण स्रोत हो। यी संस्थाहरूले आदिवासीको भूभागमाथिको अधिकार र वन व्यवस्थापनको वास्तविक जलवायु समाधानतर्फ आफ्ना स्रोतहरू सार्नुपर्दछ।

वर्तमान वास्तविकताः ठूला जलविद्युत परियोजनामा लगानी

नेपालका मगर आदिवासी समुदाय आफ्नो जीविकोपार्जनका लागि सेती नदीमा धेरै निर्भर छन्। तर, १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाले नदी किनारका झण्डै ८०० घरधुरीलाई असर गर्ने र त्यसबाट  समुदायका घरबार र स्रोतसाधनमा पहुँच गुम्ने खतरा रहेको छ । त्यहाँका ६०% बासिन्दाले खेतीयोग्य जमिन गुमाउने अनुमान गरिएको छ ।

नेपालको संविधानमा नवीकरणीय ऊर्जालाई “महत्वपूर्ण विकास प्राथमिकता” मानिएको छ, जसमा जलविद्युतलाई आर्थिक वृद्धिको महत्वपूर्ण माध्यमका रूपमा हेरिएको छ। परियोजनामा युरोपेली लगानी बैंक (ईआईबी) र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)सँग सहकार्य  गरेको एसियाली विकास बैंक (एडीबी), ले परियोजना स्वीकृतिको बेला स्वच्छ र दिगो ऊर्जामा पहुँच विस्तार गर्न बाँध आवश्यक भएको बताएको थियो, किनभने यसले कम विद्युतीकरणको दरलाई सम्बोधन गर्ने  र ऊर्जा आपूर्तिमा रहेको  कमीलाई हटाउने लक्ष्य राख्दछ ।

यद्यपि, ठूलो स्तरका जलविद्युत परियोजना स्थापना गर्ने यो हतारोले  ठुलो  मूल्यमा चुकाउनु पर्ने हुन्छ : आदिवासी अधिकारको हनन्। International Accountability Project, INWOLAG र  Community Empowerment and Social Justice Network द्वारा गरिएको सर्वेक्षणले ७५% स्थानीय बासिन्दासँग परामर्श नगरेको र ८४%ले क्षतिपूर्ति नपाएको देखाएको छ। प्रभावित समुदायले ७२ हजार हेक्टरभन्दा बढी आवासीय तथा निजी जग्गा गुमाउने छन् भने  ११ हजारभन्दा बढी रुख, नौवटा दाहसंस्कार स्थल र विभिन्न किसिमका सार्वजनिक पूर्वाधार नस्ट हुनेछन् ।

राम्रो लगानी: आदिवासी महिला समुदायको भूभागजन्य अधिकार वन व्यवस्थापन

पुस्तौंदेखि मगर समुदायको आफ्नो भूभाग र नदीसँगको बलियो सम्बन्धले उनीहरूको पहिचान बनाएको छ र प्रकृतिसँगको सहजीवन सम्बन्धमा आधारित सांस्कृतिक आस्था प्रणाली छ, जहाँ समुदायहरूले आफूलाई चाहिने कुरा मात्र लिन्छन्। नदीको पारिस्थितिकी प्रणालीले मगर जनताको जीवनमा र स्वतन्त्र प्रवाहको अवस्थामा कार्बनलाई ग्रहण गर्ने कार्य  दुवैमा  महत्त्वपूर्ण भूमिका खेल्छ। जीवाश्म ईन्धनहरूमाथिको  निर्भरता कम गर्ने भन्दै ठूला बाँध जलाशयहरूलाई जलवायु समाधानको रूपमा चित्रण गरिएको भएपनि, तिनीहरू वास्तवमा विश्वव्यापी रूपमा हरितगृह ग्यास मिथेनको महत्त्वपूर्ण स्रोत हुन् र बाढी तथा  खडेरीको  जोखिममा हुने गर्छन्, साथै बाढीको समयमा बाँध ध्वस्त हुने र जलाशय सुख्खा हुँदा विधुत आपूर्तिमा कटौतीको जोखिम बढ्न जान्छ।

मगर समुदायले आफ्नो भूमिसँग पारस्परिक रूपमा लाभदायक सम्बन्ध सुनिश्चित गर्दै सामूहिक वन र नदी संरक्षणसम्बन्धी परम्परागत पारिस्थितिक ज्ञान धारण गर्नुका साथै पुस्तौंदेखि हस्तान्तरण गर्दै आएका छन् ।  कुचो बनाउन पनि प्रयोग हुने अम्रिसो रोप्नु त्यसको एउटा उदाहरण हो; माटोको क्षयिकरण र पहिरो रोक्न, सागसब्जी उत्पादन गर्न माटोको चिसोपना  र पोषक तत्वहरू कायम राख्न र पानीको गुणस्तर र मात्रामा सुधार गर्न सामुदायका  महिलाहरूले त्यसलाई भिरपाखामा र बालुवा किनारमा रोप्छन्।

समुदायका महिलाहरूसंग वनस्पति, खाने मिल्ने जंगली तरकारी, जलस्रोत व्यवस्थापन, मौसम पूर्वानुमान र मौसमसँग जोडिएको कृषि चक्रको बारेमा आदिवासी ज्ञान छ । आदिवासी समुदायहरूलाई उनीहरूको भूमि र स्रोतहरूबाट हटाउनाले जलवायु संकटलाई न्यूनीकरण र अनुकूलन गर्नक लागि भावि पुस्ताहरूमा यो ज्ञान हस्तान्तरण गर्ने उनीहरूको क्षमतालाई असर गर्नेछ। आदिवासीहरूको भूमि अधिकारको सम्मान भएमा वन र फलस्वरूप पानीको अवस्था राम्रो हुन्छ किनभने वन फँडानी दर र कार्बन उत्सर्जन कम हुन्छ।

यो लैङ्गिक रुपमा न्यायपूर्ण जलवायु समाधानको नेतृत्व कसले गरिरहेको ?

आदिवासी महिला कानुनी सचेतना समूह (INWOLAG) नेपालको आदिवासी समुदायका महिला अधिवक्ताहरूद्वारा स्थापना गरिएको हो र यसले लैङ्गिक हिंसा पीडित तथा प्रभावितहरूलाई वकालत, जीविकोपार्जन र कानुनी सेवाहरू प्रदान गर्दछ। सन् २०१५  मा INWOLAG तनहुँ जलविद्युत आयोजनाबाट मगर आदिवासी समुदायलाई कसरी असर गर्ने भन्ने बारेमा जानकार भएपछी परियोजनाको नकारात्मक प्रभावहरूका बारेमा सचेतना जगाउन थाल्यो। INWOLAG ले समुदाय र स्थानीय महिलाहरूको क्षमता निर्माण गर्दछ जसले गर्दा  उनीहरूले समुदायको अधिकारको लागि वकालत गर्न सकेका छन् । यसले एडीबी र इआइबी को स्वतन्त्र निगरानीकर्ताहरूसँग गुनासो दायर गर्न पनि समुदायलाई सहयोग गर्दछ। INWOLAG महिला कोष टेवाको साझेदार हो, जुन Global Alliance for Green and Gender Action को साझेदार हो। तपाईं उनीहरूको काम बारे जानकारी यहाँ हेर्न सक्नुहुन्छ र तलका लिङ्कहरूबाट  थप जानकारी लिन  सक्नुहुन्छ।

 


Related Post

Relatório | Violência estrutural: o que aprendemos com mulheres e meninas defensoras do meio ambiente

Em função dos seus esforços na defesa de suas terras, territórios e recursos naturais, as mulheres e meninas defensoras do…

See more

NGO CSW66 Forum event recording | Structural violence: Learning from women and girl environmental defenders

In their efforts to defend their land, territories and natural resources, women and girl environmental defenders* (WGEDs) around the world…

See more

NGO CSW66 Forum event recording | #WeWomenAreWater campaign

On World Water Day 2022, the Global Alliance for Green and Gender Action (GAGGA) hosted an NGO CSW Forum event…

See more

Subscribe to our newsletter

Sign up and keep up to date with our network's collective fight for a gender and environmentally just world.