डुमागट महिलाद्वारा जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका लागि गैरकाष्ठ वन पैदावरको प्रयोग


लामो कथा संक्षेपमा: चीन र फिलिपिन्सका सरकारहरुले एउटा “जलवायु उत्थानशील” बाँधको निर्माण गरिरहेका छन्, जसले आदिवासी डुमागट–रोमोन्टाडो समुदायका व्यक्तिहरुलाई विस्थापित गरी उनीहरुको जीवनशैलीलाई प्रभावित गर्नेछ, र त्यसबाट उल्लेखनीय मात्रामा हरितगृह ग्यास पनि उत्सजर्न हुनेछ । बाँधहरुमा लगानी गर्ने संघसंस्थाहरुले आफ्नो स्रोत डुमुगाट महिला र तिनका समुदायले कार्यान्वयन गरेको सही जलवायु समाधानमा स्थानान्तरण गर्नु राम्रो हुनेछ:गैरककाष्ठ वन वैदावरहरुको सामुदायिक व्यवस्थापन

वर्तमान वास्तविकताः ठूला जलविद्युत परियोजनामा लगानी

डुमागाट-रेमोन्टाडो आदिवासी समूहको  फिलिपिन्सको सबैभन्दा ठुलो जैविकविविधता र बाँकी रहेको सबैभन्दा ठूलो वर्षा वनक्षेत्रहरूमाथि पुर्खौली क्षेत्राधिकार दाबी छ। यो सिएरा माद्रे पर्वत शृङ्खलाको यो क्षेत्रमा हो जहाँ राष्ट्रिय सरकारले  मनिला महानगरपालिका र नजिकैका सहरी क्षेत्रहरूमा पानी आपूर्ति गर्न जलवायु उत्थानशील बाँध निर्माण गर्ने योजना बनाएको छ। कालिवा बाँध न्यू सेन्टनिअल् वाटर सोर्स (NCWS) को एउटा हिस्सा हो, जुन परियोजना रास्ट्रपति रोड्रिगो डुटेर्टेले “विल्ड, विल्ड, विल्ड” कार्यक्रम अन्तर्गत चीनको “बेल्ट एन्ड रोड इनिसिएटिभ‘ अन्तर्गत चीनको एक्सपोर्ट–-इम्पोर्ट बैंकबाट २३५.९ मिलियन अमेरिकी डलर बराबरको ऋण लिएर सुरक्षित गरेको थियो। यो परियोजना विश्व बैंक र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)ले गरेको विस्तृत अध्ययनमा आधारित छ।

फिलिपिन्स जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित देशहरूमा उच्च स्थान रहँदै आएको छ र जलवायु परिवर्तनले मनिला महानगरसहित देशमा पानीको अभाव हुने आवृत्ति र अवधि बढाएको छ।  पानीको यो समस्यालाई सम्बोधन गर्न दुतेर्तले कालिवा बाँध परियोजना अघि सारेका हुन् तर डुमागाट जनताकसहित आदिवासी महिलाहरूको सबैभन्दा ठूलो महासंघ samahan ng mga Kababaihang Dumagat ng Sierra Madre (K-Gat)ले  सरकारलाई उनीहरूको अधिकार उल्लङ्घन नगर्ने अन्य समाधानहरू खोज्न माग गर्दै आएका छन्।

कालिवा बाँधको निर्माणले ३०० जना  डुमागाट-रेमोन्टाडोहरूलाई विस्थापित गर्नेछ र ११३ हेक्टर वन डुबानमा पर्नेछ, जुन जीविकोपार्जनको एउटा स्रोत हो र जहाँ उनीहरूको खानेपानी, खाद्यान्न र  औषधिको स्रोत छ । फिलिपिन्सको वातावरण विभाग र स्वतन्त्र समूहहरू दुवैद्वारा गरिएको प्रभाव मूल्याङ्कनले यसले उनीहरूका पवित्र स्थलहरूमध्ये १२ वटा पनि डुबाउने, स्थानीय वन्यजन्तु र बोटबिरुवाहरूलाई खतरामा पार्नेछ, प्रजातिको व्यापक बसाइँसराइ निम्त्याउने छ, र माथिल्लो भूभागका आदिवासी समुदायहरूलाई मात्र जोखिममा पार्ने नभई तल्लो भूमिको कृषि क्षेत्र  र माझी समुदायहरू पनि प्रभावित हुनेछन्।

बाँधको निर्माणले नदीको प्राकृतिक बहावलाई रोक्छ र त्यसकारण नदीको कार्बनलाई सोस्ने क्षमतालाई असर गर्छ।  जीवाश्म ईन्धनहरूमा निर्भरता घटाउँछन् भनी ठूला बाँध जलाशयहरूलाई जलवायु समाधानको रूपमा पानीको अभावलाई कम गर्ने उपायको रूपमा चित्रण गरिएको भएपनि  तिनीहरू वास्तवमा विश्वव्यापी रूपमा हरितगृह ग्यास मिथेनको महत्त्वपूर्ण स्रोत हुन्। २५० भन्दा बढी बाँधहरूको विश्लेषण गर्ने एक अध्ययनका अनुसार, अनुसन्धानकर्ताहरूले बाँध जलाशयहरूमा डुबेर रहने  रूखहरू र घाँसहरू जस्ता कुहिने वनस्पतिहरूले प्रत्येक वर्ष लगभग एक अरब टन हरितगृह ग्यासहरू उत्सर्जन गर्ने पत्ता लगाए।

राम्रो लगानी: गैर-काष्ठ वन पैदावारहरूको सामुदायिक व्यवस्थापन

डुमागाट समुदायका महिलाहरू लोपोन्मुख अल्मासिगा रूखबाट मह, रतन, वन खाद्यान्न र रेजिन जस्ता गैर-काठ वन पैदावारहरुको दिगो रोपण, कटाई, प्रशोधन र बजारीकरणमा सक्रिय रूपमा संलग्न छन्। कालीवा बाँध परियोजनाले यी उत्पादनहरू नष्ट गर्नेछ, जसमाथि समुदाय आफ्नो जीविकोपार्जन, खाद्यान्न, इन्धन, औषधि र आय सुरक्षाका साथै परम्परागत ज्ञानलाई जीवित राख्नका लागि पनि निर्भर छ।

सजिलै संग संकलन गर्न सकिने गैर-काष्ठ पैदावारमा महिलाहरुको धेरै पहुँच र नियन्त्रण हुन्छ। यद्यपि, परम्परागत रूपमा महिलाहरूको गैर-काष्ठ पैदावार बिक्रीबाट हुने आम्दानीमा नियन्त्रण हुँदैन, र उनीहरूको गतिशीलतालाई प्रतिबन्धित गर्ने सामाजिक मान्यताहरूले गर्दा औपचारिक वा टाढाको बजारहरूमा उनीहरूको पहुँच सीमित हुन्छ। महामारीको समयमा यो कुरामा परिवर्तन भयो किनभने मनिला महानगरका बासिन्दाहरूले लकडाउनका कारण बजारहरूमा पहुँच प्राप्त गर्न सकेनन्। के-ग्याटका महिलाहरूले आफ्नो पुर्खाको क्षेत्र र डुमागाट्हरुको खेतबारीबाट गैर-काष्ठ पैदावार मनिला महानगरका उपभोक्ताहरूलाई बेच्ने मौकाको फाइदा उठाए। समूह ‘केवल महिलाहरू’ ले बनेको हुनाले के-ग्याटको विचारमा केही समुदायका सदस्यहरूले विश्वास नगरेपनि, के-ग्याटले सफलता हासिल गर्यो र अब आफ्ना उत्पादनहरूको दिगो र स्वस्थ व्यापार सुनिश्चित गर्न सहकारी गठन गर्ने योजना बनाइरहेको छ।

कालिवा बाँध परियोजनाले दुमागाट महिलाहरूको यस्तो गर्न सक्ने क्षमतालाई बाधा पुर्‍याउँछ। गैर-काठ वन पैदावारहरु बेच्दा समुदायका लागि आम्दानीको विविध स्रोत उपलब्ध हुन्छ, जसले उनीहरूको आम्दानी एउटै प्रजाति वा बालीमा निर्भर नहुने हुनाले जलवायु परिवर्तनका झट्काहरूलाई अनुकूलन गर्ने र सामना गर्न सक्ने  क्षमता बढाउँछ। खाद्यान्नको विविधता बढाउँदा समुदायको खाद्य सम्प्रभुतामा योगदान पुग्छ। गैर-काठ वन पैदावारहरुले पनि अप्रत्यक्ष रूपमा वन संरक्षण मार्फत कार्बन कब्जा गर्न योगदान गर्न सक्छ – मह, वन खाद्यान्न र रतनको उत्पादनका  लागी कार्यशील वनहरुको आवश्यकता छ, त्यसकारण उनीहरु वन प्रणालीको रक्षा गर्न र वन विनाश हुनबाट जोगाउन प्रोत्साहित छन् ।

वन संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै गैर-काठ वन पैदावारहरुले सो क्षेत्रमा पानीको गुणस्तर र उपलब्धता सुधार गर्न योगदान गर्दछन् । स्वस्थ वनहरूले पानीबाट प्रदूषण हटाउन फिल्टरको रूपमा काम गर्दछन् र वर्षा तथा वाष्पीकरणलाई नियमन गरेर पानीको चक्र नियन्त्रण गर्दछ। आफ्नो संस्कृति स्वतन्त्र बग्ने नदीहरूसँग नजिक रहेको डुमागाटहरू दैनिक रुपमा आफ्नो खाना र जीविकोपार्जनका लागि यही पानीमा भर पर्छन्। उनीहरू माछा मार्न परम्परागत भालाको प्रयोग गर्छन्, रसायन र कीटनाशकहरू प्रयोग गर्दैनन्, र नदीको किनारमा रूखहरूको सुरक्षा गर्छन् ताकि यी नदीहरूमा अर्को पुस्ताको पहुँच सुनिश्चित गर्न सकून्। मनिला महानगर र समग्रमा फिलिपिन्समा पानीको अभावको समाधान खोज्नु महत्त्वपूर्ण छ, तर यो आदिवासी र स्थानीय समुदायहरूको अस्तित्वको लागि महत्त्वपूर्ण जीविका, परम्परा, ज्ञान र अभ्यासहरूको क्षतिमा आउन सक्दैन।

यो लैङ्गिक रुपमा न्यायपूर्ण जलवायु समाधानको नेतृत्व कसले गरिरहेको छ?

सन् २०१९ मा दक्षिणी सिएरा माद्रेमा तीन वटा डुमागाट आदिम क्षेत्रका महिला नेतृहरूले GAGGA साझेदार Non-Timber Forest Products – Exchange Programme (NTFP-EP) Philippines को सहयोगमा यस क्षेत्रका आदिवासी महिलाहरूको सबैभन्दा ठूलो महासंघको स्थापना गरे।  के-ग्याट आदिवासी जनजाति र महिला अधिकार, उनीहरूको पुर्खौली क्षेत्र र वातावरणको संरक्षण, र आदिवासी महिलाहरूका लागि जीविकोपार्जनको विकासको वकालत कार्यमा संलग्न छ। यसले कालिवा बाँध निर्माणको विरोधमा रहेका आदिवासी र नागरिक समाज संगठनहरूको नेटवर्कसँग काम गर्दछ। यसबारे थप जानकारी तल दिईएको लिङ्कहरूमा प्राप्त गर्न सक्नुहुन्छ:


Related Post

Relatório | Violência estrutural: o que aprendemos com mulheres e meninas defensoras do meio ambiente

Em função dos seus esforços na defesa de suas terras, territórios e recursos naturais, as mulheres e meninas defensoras do…

See more

NGO CSW66 Forum event recording | Structural violence: Learning from women and girl environmental defenders

In their efforts to defend their land, territories and natural resources, women and girl environmental defenders* (WGEDs) around the world…

See more

NGO CSW66 Forum event recording | #WeWomenAreWater campaign

On World Water Day 2022, the Global Alliance for Green and Gender Action (GAGGA) hosted an NGO CSW Forum event…

See more

Subscribe to our newsletter

Sign up and keep up to date with our network's collective fight for a gender and environmentally just world.