दक्षिणी विश्वका नारीवादीहरुका तर्फबाट कोप निर्णयकर्ताहरूका लागि : जलवायु न्यायका लागि आमूल परिवर्तन


“जलवायु न्यायको अर्थ… – अस्थिर उत्पादन, उपभोग र व्यापार सहितका जलवायु संकटका कारक तत्वलाई सम्बोधन गर्दै – समानता र मानव अधिकारको संरक्षण तथा प्राप्तितर्फ प्रगति गर्दै जानु हो” महिला कोष फिजीकी मेनका गाउण्डनले भन्नु भयो । गाउण्डन हाम्रो डायलग अन फेमिनिस्ट क्लाइमेट एक्सन कार्यक्रमको एक जना सहभागी हुनुहुन्थ्यो ।

 सेप्टेम्बर २०२१ मा, समानता कोष (ईक्वालिटी फन्ड)ले दक्षिणी विश्वका आदिवासी महिला अधिकार संस्था र नारीवादी आन्दोलन प्रतिनिधित्व गर्ने ३० जना भन्दा बढी व्यक्तिहरुलाई एकै ठाउँमा भेला गराएको थियो, जसमा एलबिटीक्यू  महिला, अपाङ्गता भएका महिला र युवाहरूको नेतृत्व गरेको र सो समुहका लागि काम गर्ने; र कृषि तथा खाद्य सुरक्षा, प्रजनन स्वास्थ्य र अधिकार, र हिंसा जस्ता मुद्दाहरूमा काम गर्ने संघसंस्था समावेश थिए । यो विविधतापूर्ण सहभागिता लैङ्गिक समानता र जलवायुजन्य कार्यको अन्तरसम्बन्धित प्रकृतिको प्रमाण हो – र जलवायु संकटप्रति बहु-क्षेत्रगत प्रतिकार्य आवश्यक छ भन्ने कुराको संकेत हो । ग्लोबल एलायन्स फर ग्रीन एन्ड जेन्डर एक्शनको (गागा) ब्लग शृङ्खला पुटिंग जस्टिस इन द हार्ट अफ क्लाइमेट येक्सन  सरह यस संवादको उद्देश्य महिला अधिकार संगठन र आन्दोलनहरू जलवायु परिवर्तनसम्बन्धी २६ औं संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सनका पक्ष राष्ट्रहरूको सम्मेलन (कोप) अघि, सम्मेलन को  समयमा र सम्मेलन पछि अग्रपंक्तिमा रहेको र निर्णयकर्ताहरूले उनीहरुप्रति ध्यान दिएको सुनिश्चित गर्नका लागि उनीहरुको आवाजलाई विस्तार गर्नु थियो ।

दक्षिणी विश्वका नारीवादी अभियन्ताहरूलाई कोप जस्ता कार्यक्रमहरूमा समावेश गरिनुपर्छ किनभने महिला, केटी, ट्रान्स, इन्टरसेक्स र नन-बाइनरी व्यक्तिहरू जलवायुजन्य प्रभावहरूबाट असमान रूपमा प्रभावित छन् र जलवायु संकटप्रति आवश्यक प्रतिकार्यहरूको विकास र कार्यान्वयन पनि गरिरहेका छन्।

महिलाको नेतृत्वमा भएका आन्दोलनहरूले जलवायु संकटलाई फरक रूपमा हेर्छन्

 सामान्यतया नारीवादी र महिला नेतृत्वपका आन्दोलनहरूले जलवायु संकट र समाधानहरूलाई कोप मा धेरै सरकारहरू र बहुपक्षीय निकायहरूले व्यक्त गरेका मुख्य दृष्टिकोणभन्दा फरक रूपमा हेर्छन्। औपचारिक कोप  वार्ताले जलवायु परिवर्तन प्रतिकार्यलाई प्राविधिक समस्याको रूपमा व्यवहार गर्ने प्रवृत्ति हुन्छ, अर्थात् “कार्बन नापौं र यसलाई कतिसम्म सीमित गर्न सक्छौं हेरौं।” हरितगृह ग्यासहरू सबैभन्दा बढी उत्पादन गर्ने कार्यमा जिम्मेवार को हो र यसका परिणामहरु कसले भोग्नुपरिरहेको छ भन्ने दुवै सन्दर्भमा मानिसहरुलाई केही हदसम्म मूल विषयबाट बाहिर राखिएको छ ।

येगुआ वाई भिदा सँग आबद्ध एन्जेलिका शेनेरोकले जलवायु परिवर्तनको प्रभुत्वशाली कथनले “उत्खनन्जन्य कम्पनीहरूसँग त्यसको सम्बन्ध र उत्तरी विश्व र दक्षिणी विश्वबीचको असमानताहरू हेर्न असफल रहेको” बताउँछिन् । उनले भनिन्, “परिवर्तनका लागि प्रतिबद्ध” भनेको स्थानीय र सानालाई प्राथमिकता दिने नीतिहरूमा समर्थन गर्नु हो। त्यस्ता नीति जुन उत्खनन्जन्य छैनन् र ५०० वर्षभन्दा पुरानो औपनिवेशिक मोडेललाई निरन्तरता दिंदैनन् । भ्रष्टाचार र जलवायु परिवर्तनको प्रभावहरू झेल्ने मानिसहरूको पीडाबाट लाभ निम्त्याउने आफ्ना झूटा समाधानहरूलाई त्याग्न म निर्णयकर्ताहरूलाई आग्रह गर्दछु । म अर्थतन्त्रको पितृसत्तात्मक दृष्टिकोणमा वास्तविक परिवर्तन र सबै मानव तथा गैरमानव जीवनका लागि हेरचाहमा आधारित नारीवादी अर्थतन्त्रको आह्वान गर्दछु।

संवादका सहभागीहरूले मानवलाई जलवायु सङ्कटको तस्बिरमा खडा गर्दै व्यक्ति र समूहहरूले उनीहरूको लिंग, जाति, र आदिवासी स्थिति जस्ता दोहोरिने पहिचानले गर्दा जलवायुको प्रभावहरू कसरि फरक रूपमा अनुभव गर्छन् भन्ने बिषयमा प्रकाश पारे । अपाङ्गता भएका आदिवासी जनजाति महिलाहरूले नेतृत्व गरेको र उनीहरुका लागि काम गर्ने संस्था, निडवान नेपालकी प्रतिमा गुरुङले संवाद र आफ्नो ब्लग दुवैमा बहु र अन्तर्क्रियात्मक पहिचान भएकाहरूका लागि जलवायु संकटको तीव्रता बढी हुने कुरा उठाएकी छिन् ।

कोप  निर्णयकर्ताहरूका लागि सिफारिसहरू

यी दृष्टिकोणहरूबाट  सरकार, निजी क्षेत्र र गैरसरकारी संस्थाहरूका लागि मुख्य सिफारिसहरू आएका छन्। स्वाभाविक रूपमा ती यस गागा  ब्लग श्रृंखलाका पोष्टहरूको धेरै अन्तर्दृष्टिहरूसँग मेल खान्छन्।

संवादका सहभागीहरूले पहिला जलवायु संकट निम्त्याउने उत्खननकारी, दोहनकारी प्रणालीमा रुपान्तरणकारी  परिवर्तनको लागि आह्वान गरे । न्यूनीकरण र अनुकूलन प्रयासहरू बाहेक, यो रुपान्तरणकारी परिवर्तनको लागि देहाय कुराहरु आवश्यक छन्: दिगो, समुदायको नेतृत्वमा रहेको  उत्पादन, उपभोग र विकासका लागि सहयोग; आदिवासी ज्ञान र समाधानको सम्मान र प्राकृतिक स्रोतहरूमा आदिवासी सार्वभौमसत्ता; र जलवायु कार्य प्रयासका रूपमा हेरचाह अर्थव्यवस्थाको उपचार[1]  । यसका उत्कृष्ट उदाहरणहरू ब्लग लेखिका लुज मारिना भ्याले स्पष्ट रूपमा व्याख्या गरे जस्तै एनालग फोरेस्ट्री  र महिला कोष फिजीद्वारा समर्थित कार्यक्रमहरू हुन् ।

सहभागीहरूले जलवायु वित्तलाई महिला अधिकार संस्था र नारीवादी आन्दोलनहरूका लागि अझ पहुँचयोग्य बनाउन पनि वकालत गरे। त्यसैगरी, ब्लग लेखिका उर्सुला मिनिस्जेव्स्कीले हामीलाई हाल महिलाको वातावरणीय कार्यमा कति थोरै जलवायु वित्त पुग्छ भन्ने कुरा स्मरण गराईन् र गागा  र ग्लोबल ग्रीनग्रान्ट्स फन्डले आगामी पाँच वर्षमा जलवायु न्यायका लागि नारीवादी कार्यका लागि १०० मिलियन डलर रकम परिचालन गर्न प्रतिबद्ध रहेको कुरामाथि प्रकाश परिन ।

अन्तत, सरकार, व्यवसाय र नागरिक समाज बीचको सहकार्यलाई गति दिने कोप २६  लक्ष्यको प्रतिक्रियामा सहभागीहरूले यस्तो साझेदारीका लागि पूर्वशर्तहरू छन् कि छैनन् भनेर प्रश्न गरे। सरकारी र निजी क्षेत्रका पात्रहरूले महिला र आदिवासी मानव अधिकार, वातावरण र भूमि रक्षकहरू विरुद्ध सीमान्तीकरण, भेदभाव, हिंसा गर्दछन् । फ्राइडेज फर फ्यूचरबाट ब्लग लेखिका सोफिया गुटिएरेज, मुरा आदिवासी सामूहिकबाट मार्सिया मुरा, र एन्जेलिका शेनेरोकले यसलाई कोलम्बिया, ब्राजिल र मेक्सिको सन्दर्भहरूमा मार्मिक रूपमा चित्रण गरेका छन् । साझेदारीहरू अघि, संवादका सहभागीहरूले त्यसका लागि केहि आधारहरू तयार गरिनुपर्छ भन्ने कुरामा जोड दिए, जसमा देहाय लगायत रहेका छन्: महिला र आदिवासी जनजातिहरूको नेतृत्वलाई समर्थन, पहिचान र प्रवर्द्धन गर्ने; पैतृक भूमि र स्रोतसाधनमा आदिवासी जनजातिको अधिकारको सम्मान गर्ने; र महिला र आदिवासी मानव अधिकार, वातावरण र भूमि रक्षकहरूको संरक्षण गर्ने ।

कोप२६ मा छुटेका आवाजहरू

यी अत्यावश्यक सन्देशहरू कोप  अघि र कोप भैरहेको समयमा कोप२६ का निर्णयकर्ताहरूसमक्ष राखिएको  जसमा लैंगिकता दिवसमा प्रदर्शन गरिएको यो जस्तै भिडियोहरू समावेश छन् । विशेषगरी यो वर्ष, कोभिड-१९ महामारीलाई हेर्ने हो भने दक्षिणी विश्वका महिलाहरूले कोप सहभागितामा थप अवरोधहरूको सामना गरे । अर्को शक्तिशाली सन्देश महिला र समानता कोष अनुदान साझेदारको नेतृत्वमा दक्षिण एसियामा आधारित सार्वजनिक कला संस्था, फियरलेस कलेक्टिभबाट आयो। कोप२६को समयमा, आदिवासी नेताहरूसँग मिलेर, उनीहरूले ग्लासगो भवनमा ” कोप२६ मा आदिवासी नेताहरूको शक्ति र सार्वभौमसत्ता” को प्रतिनिधित्व गर्ने एक असाधारण भित्तेचित्र बनाएका थिए । यस्ता अवसरहरुमा  ऐतिहासिक रूपमा उपेक्षा हुँदै आएका राष्ट्रहरूका नेताहरूको भित्तेचित्रमा बलियो उपस्थिति रहेको थियो, जसले उनीहरूको अस्तित्व र उनीहरूको संज्ञानलाई पुष्टि गर्दछ।

यी प्रयासहरूका साथै, कोप२६मा  नसुनिएका आवाजहरूमाथि प्रकाश पार्न  समानता कोषले महिला र लैङ्गिकता समुदायसंग उभियो, जसमा निरन्तरको अन्यायका कारण वार्ताबाट बहिष्कृत भएका र  हिंसाको सामना गरिरहेका महिला मानव अधिकार र पर्यावरण रक्षकहरू दुवै अभियन्ताहरु समावेश छन् ।

कोप२६ मा जलवायु परिवर्तन विरुद्धको लडाईमा एउटा महत्वपूर्ण कोसेढुङ्गा हुन सक्ने सम्भावना थियो, तर यसले जलवायु संकटबाट प्रत्यक्ष रूपमा प्रभावित व्यक्ति र समुदायको आवश्यकता र समाधानलाई केन्द्रमा राख्न असफल भयो। जलवायु संकट अत्यावश्यक रूपमा बढ्दै जाँदा र यथास्थितिका समाधानहरूले खासै प्रभाव नपारेकोले  महिला अधिकार संस्था  र नारीवादी आन्दोलनहरूको आवाजलाई जलवायु छलफलको अग्रभागमा ल्याउनु महत्त्वपूर्ण छ।

जलवायु न्यायका लागि आमूल परिवर्तनले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा कोप भित्र र बाहिर काम गर्नेहरूबाट  तत्काल कदम चलिनुपर्ने माग गर्दछ। यस ब्लग शृङ्खलाका लेखकहरू र संवाद सहभागीहरूले हामीलाई देखाएझैं, महिला र नारीवादी संगठनहरू जलवायु न्यायका मुख्य पात्र  हुन्। अधिकारमा आधारित, जन-केन्द्रित दृष्टिकोणले मानवअधिकार र स्रोतहरूको समरक्षण गर्छ र जलवायु परिवर्तनको सबैभन्दा जोखिममा रहेकाहरूको अनुकूलन र उत्थान्शिलतालाई प्रबर्धन गर्छ भन्ने कुरा उनीहरूले बुझेका छन् । प्रभावकारी जलवायु कार्यको लागि उनीहरूको प्रयासहरूलाई आर्थिक सहयोग प्रदान गरी भविष्यमा जलवायुसम्बन्धी  निर्णय हुने ठाउँहरूमा उनीहरूका सिफारिसहरूको सम्मान गरिनु आवश्यक छ।

 

 हिलारी क्लाउसन समानता कोषमा  नीति सहायकका रुपमा आबद्ध छिन। समानता कोषले दक्षिणी विश्ववका  महिला अधिकार संस्था र नारीवादी आन्दोलनहरूका लागि थप स्रोतहरू परिचालन गरिरहेको छ। हाम्रो मोडेलले विश्वव्यापी रूपमा नारीवादी आन्दोलनहरूका लागि नयाँ दिगो आर्थिक सहयोग सुनिश्चित गर्न लैङ्गिक-दृस्टीसहितको लगानी, सरकारी कोष, र बहु-क्षेत्रगत परोपकारलाई संयोजन गर्दछ।

 

[1]फेमिनिस्ट ग्रीन न्यू डीलको संक्षिप्त कार्यपत्र ‘हेरचाह जलवायु: नीतिको अन्तरसम्बन्धलाई बुझाई’ अनुसार  हेरचाह अर्थतन्त्र एकहरित अर्थतन्त्रहो किनभने यो सम्पूर्ण अर्थव्यवस्था समाजलाई दिगो बनाउनका लागि आवश्यक ; हेरचाह कार्यहरूले अर्थतन्त्रका अन्य धेरै क्षेत्रहरू भन्दा जलवायु परिवर्तनमा कम योगदान दिन्छ; हरित अर्थतन्त्रमा रुपान्तरण हुने श्रमबलका लागि हेरचाहको क्षेत्रका रोजगारी महत्त्वपूर्ण विकल्पहरू हुन्।


Related Post

October 2021 | Now is the time for urgent climate action

With extreme weather events impacting every region of the world in recent months and stark warnings from the latest IPCC report,…

See more

दक्षिणी विश्वका नारीवादीहरुका तर्फबाट कोप निर्णयकर्ताहरूका लागि : जलवायु न्यायका लागि आमूल परिवर्तन

“जलवायु न्यायको अर्थ… – अस्थिर उत्पादन, उपभोग र व्यापार सहितका जलवायु संकटका कारक तत्वलाई सम्बोधन गर्दै – समानता र मानव…

See more

Report | Intrinsically linked: gender equality, climate and biodiversity

The worldwide climate crisis, loss of biodiversity and continuing gender inequality are intrinsically linked. Solving the climate and biodiversity crises…

See more

Subscribe to our newsletter

Sign up and keep up to date with our network's collective fight for a gender and environmentally just world.