परिवर्तनको अवसरलाई उपयोग गरौं


छ बर्ष अघि अलेटा बाउन र म पेरिसको अँध्यारो र भिजेको सडकहरुमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको सम्मेलन (कोप) को जटिल, विशिष्ट र कहिलेकाहीँ रहस्यमय संसारलाई पहिल्याउने कोसिस गर्दै थियौं ।

मामा अलेटा (उनको समुदायमा परिचित नाम) ग्लोबल ग्रिनग्रान्ट्स फण्ड (जिजिएफ) की एक ग्रान्टि पार्टर र इण्डोनेसियाकी एक सामुदायिक नेतृ हुन्, जसले मार्बल खानी क्षेत्रहरुमाथि शान्तिपूर्ण रुपमा कब्जा गर्न सयौं स्थानीय महिलाहरुलाई नेतृत्व प्रदान गरेकी थिइन् । संयुक्त प्रयासका फलस्वरुप उनीहरुले खानी उद्योगलाई फिर्ता पठाइदिए, जसबाट इण्डोनेसियाको टिमोर टापुको मुटिस पहाडमा रहेको पवित्र वनक्षेत्र विनाश हुनबाट रोकियो । समग्रमा त्यो प्रयासले हजारौं हेक्टर वन क्षेत्र जोगिन गयो ।

मामा अलेटालाई कोप२१मा विभिन्न कार्यक्रमहरुमा आमन्त्रण गरी जनता र पृथ्वी दुवैलाई बचाउन महत्वपूर्ण महिला वातावरणीय कदमको एउटा सामुदायिक अभियन्ताका रुपमा नेतृत्व प्रदान गरेको अनुभव सुनाउन आग्रह गरिएको थियो । सुरुमा प्रभावशाली र राजनीतिक पहुँच भएका धेरै उच्चस्तरीय संघसंस्थाहरुले उनलाई कार्यक्रममा सहभागी हुन आमन्त्रण गरेका थिए । तर जब कोप२१ नजिंकदै आयो, उनलाई अस्पष्ट क्षमायाचनाका साथ कार्यक्रमको एजेण्डा र प्यानलबाट विस्तारै हटाउन थालियो । उनमा विशेषज्ञता वा उनको कामको प्रभावको प्रयोगसिद्ध प्रमाणको अभाव रहेको टिप्पणी गरियो । अन्त्यमा उनले सहरमा भइरहेको मुख्य कार्यक्रमहरुभन्दा ढाटा सहायक कार्यक्रममा सहभागी हुनपर्ने अवस्था आयो, जहाँ उपस्थिति ज्यादै न्यून थियो ।

दुर्भाग्यवश मामा अलेटाको अनुभव असामान्य होइन । हामीहरु अझै पनि पितृसत्तात्मक व्यवस्थामा छौं र त्यसबाट सिर्जित लैङ्गिक असमानताले महिला वातावरण अभियन्ताहरु, विशेषगरी दक्षिणी विश्वका स्थानीयतस्तरमा कार्यरत आदिवासी समुदायका महिलाहरुलाई विश्वव्यापी नीतिगत मञ्च, निर्णय प्रक्रिया र औपचारिक नेतृत्वका अवसरहरुबाट बहिष्करणमा पर्ने गरेका छन् । यस्तो व्यवस्थाका कारण महिलाहरु न्यूनप्रतिनिधित्व हुनका साथै उनीहरुका लागि आर्थिक सहयोगको पनि सदैव कमी रहँदै आएको छ ।

सन् २०१७ (पछिल्लो तथ्याङ्क)मा सबै निजी प्रतिष्ठानबाट प्राप्त हुने आर्थिक सहयोगमा ०.१ प्रतिशत भन्दा कम मात्र विश्वव्यापी रुपमा महिलाबाट सञ्चालित वातावरणीय कार्यक्रमका लागि प्राप्त भएको थियो । (महिलाबाट सञ्चालित वातावरणीय कार्यक्रमका लागि निर्देशित सार्वजनिक जलवायु वित्त प्रवाहको विखण्डीकरण हुनसकेको छैन ।)

तर राम्रो समाचार के छ भने दाताका रुपमा यो आर्थिक सहयोगको परिदृश्यलाई रुपान्तरण गरी यथास्थितिलाई कायम राख्न सहयोग पु¥याउने दमनकारी व्यवस्थालाई चुनौती दिने हामीलाई अवसर प्राप्त छ, जसबाट हामीले बहिष्करणलाई समावेशीकरणमा, सीमान्तीकरणलाई निर्णय प्रक्रियामा र लैङ्गिक न्यायतर्फ रुपान्तरण गर्नसक्छौं ।

यी अवसरहरुलाई वास्तविकतामा परिणत गर्न, लैङ्गिक रुपमा न्यायसंगत जलवायु कार्यका लागि आर्थिक सहयोगमा नेतृत्वदायी संस्थाहरु ग्लोबल एलायन्स फर ग्रिन एण्ड जेन्डर एक्सन (गागा) र जिजिएफले दक्षिणी विश्वमा जलवायु परिवर्तनसम्बन्धी महत्वपूर्ण कार्यक्रमहरुको नेतृत्व प्रदान गरिरहेका स्थानीय स्तरमा महिला र किशोरीहरुका लागि आर्थिक सहायताको परिदृश्यमा रुपान्तरण ल्याउने प्रतिबद्धतालाई दोहो¥याएका छन् ।

विगतको बर्षमा युनएन वुमनको जेनेरेसन इक्वालिटी फोरम (जिइएफ)ले महिला र किशोरीहरुका लागि उनीहरुको सबै विवधतामा लैङ्गिक समानतातर्फको अपरिवर्तनीय प्रगतितर्फको पाँच बर्षे यात्राको थालनी गरेको छ । सफलताका दुरदृष्टि स्थापित गर्न, प्राथमिकतापूर्ण कार्य र यो लक्ष्य हासिल गर्ने रणनीति र कार्यशैली निर्धारण गर्न जिइएफले बहुसरोकारवाला कार्य गठबन्धनहरु (सरकार, दाता, प्रतिष्ठान र नागरिक समाजका संस्थाहरुसहितको) निर्माण गरेको छ । त्यसमा छ वटा विषयगत कार्य गठबन्धनहरु समावेश छन्, जसमा जलवायु न्यायका लागि नारिवादी कार्य गठबन्धन (एफएसिजे) पनि रहेको छ, र त्यसका लागि ग्लोबल ग्रिनग्रान्ट्स फण्ड अग्रणी दाता हो । एफएसिजेको पाँच बर्षे लक्ष्य हरित अर्थतन्त्रमा महिला र किशोरीहरुको एकता, उपस्थिति र नेतृत्व बढाउनु; जलवायुका प्रभावहरुप्रति उनीहरुको उत्थानशिलता बढाउनु; र जलवायु परिवर्तन विरुद्धको लडाईंमा महत्वपूर्ण पात्रका रुपमा ग्रामीण, स्थानियस्तरका र आदिवासी महिलाहरुको अधिकारको प्रतिरक्षा गर्नु रहेको छ ।

महिला र किशोरीहरुलाई जलवायु कार्य र वित्तको केन्द्रविन्दुमा ल्याउने एफएसीजेको विश्वव्यापी सक्रियतालाई अघि बढाउँदै, जिजिएफ रु गागाले अबको पाँचबर्षमा जलवायु न्यायका लागि नारिवादी कदमका लागि १० करोड अमेरिकी डलर परिचालन गर्ने सामूहिक र रुपान्तरणकारी प्रतिबद्धता अभिव्यक्ति गर्दछन्, जसलाई निम्नलिखित रुपमा परिभाषित गरिएको छ :

  • महिला वा किशोरी र नबाइनेरी व्यक्ति भनी आफूलाई पहिचान गर्ने सबै व्यक्ति, विशेषगरी दक्षिणी विश्वको स्थानीयस्तरमा कार्यरत व्यक्तिहरुको अधिकार, माग, स्वार्थ र दृष्टिकोणले निर्देशित र केन्द्रित जलवायु कार्यक्रमहरुका लागि समतामूलक, लचिलो, बहुबर्षीय मूलभूत सहायता ।
  • महिला र किशोरीहरुलाई उनीहरुको सम्पूर्ण विविधतामा लाभ पु¥याउने, विद्यमान असमानतालाई बल नपु¥याउने, वा उनीहरु विरुद्ध हिंसा नगर्ने जलवायु वित्त सहयोग ।
  • जलवायु न्यूनकीकरण र अनुकूलनमा योगदान पु¥याउने, र समावेशी, समतामूलक, न्यायपूर्ण र दिगो समाज सुनिश्चित गर्ने; र सबै व्यक्ति र विविध पर्यावरण प्रणालीको उत्थानशिलता निर्माण गर्ने स्थानीय स्तरका कार्यक्रमहरुमा लगानी ।

तर हामी यो सबै एक्ले गर्न सक्दैनौं !

कोप२६मा हामी सरकार, बहुपक्षीय र परोपरकारी संस्थाहरुलाई लैङ्गिक रुपमा न्यायपूर्ण जलवायु कार्यलाई जलवायु वित्तको अग्रपंत्तिमा ल्यान र मामा अलेटाले जस्तै रुपान्तरणकारी कदमको प्रारुप बनाउने, कार्यान्वयन गर्ने र नेतृत्व प्रदान गर्ने स्थानीयस्तरका महिला वातावरण अभियन्ताहरुको नेतृत्वमा सञ्चालित कार्यक्रमहरुलाई आर्थिक सहयोग उपलब्ध गराउन आह्वान गर्दछौं ।

कोप२६ पछिको आगामी पाँच बर्षमा जलवायु न्यायका लागि नारिवादी कार्यका लागि १० करोड अमेरिकी डलर परिचालन गर्ने हाम्रो सामूहिक प्रतिबद्धतालाई साथ दिन हामी तपार्ईंलाई आग्रह गर्दछौं । एकसाथ हामीले अझ बढी समावेशी, दिगो र लैङ्गिक रुपमा न्यायपूर्ण रहेको साझा भविष्य निर्माण गर्नमा महिला र किशोरीहरुले आफ्नो सही भूमिका निर्वाह गरेको सुनिश्चित गर्नसक्छौं ।

उरुसुला ग्लोबल ग्रिनग्रान्ट्समा लैङ्गिकता र समता निर्देशकका रुपमा कार्यरत छिन् र वातावरण तथा जलवायु सहायता र वित्तमा महिला र किशोरीहरुको अधिकारका लागि भावुक पैरवीकर्ता हुन् । अन्तर्राष्ट्रिय विकासको विषयमा प्राध्यापन गर्ने उरुसुलाले जलवायु न्याय र महिला अधिकारशीर्षकको पुरस्कृत प्रकाशनको एउटा लेखिका पनि हुन् र वातावरण तथा जलवायु वित्त विषयमा विभिन्न सम्मेलनहरुमा वक्ताका रुपमा पनि सहभागी हुँदै आएकी छिन् ।

थप जानकारीका लागि, उरुसा मिनिस्जिेउस्कीलाई ursula@greengrants.org वा माइटे समेटलाई maite@fcmujeres.org. मा सम्पर्क गर्नसक्नुहुन्छ ।

 


Related Post

October 2021 | Now is the time for urgent climate action

With extreme weather events impacting every region of the world in recent months and stark warnings from the latest IPCC report,…

See more

दक्षिणी विश्वका नारीवादीहरुका तर्फबाट कोप निर्णयकर्ताहरूका लागि : जलवायु न्यायका लागि आमूल परिवर्तन

“जलवायु न्यायको अर्थ… – अस्थिर उत्पादन, उपभोग र व्यापार सहितका जलवायु संकटका कारक तत्वलाई सम्बोधन गर्दै – समानता र मानव…

See more

Report | Intrinsically linked: gender equality, climate and biodiversity

The worldwide climate crisis, loss of biodiversity and continuing gender inequality are intrinsically linked. Solving the climate and biodiversity crises…

See more

Subscribe to our newsletter

Sign up and keep up to date with our network's collective fight for a gender and environmentally just world.