पाराग्वेन चाकोमा आफ्नो क्षेत्र जोगाउन संगठित हुँदै कोम महिलाहरू


लामो कथा छोटकरीमा : हरित जलवायु कोष (GCF) ले पाराग्वेसहित ल्याटिन अमेरिका र उप-सहारा अफ्रिकाका सात वटा लक्षित देशहरूमा नयाँ वृक्षरोपण कार्यक्रममा लगानी गर्दैछ। पाराग्वेमा, कृषि व्यवसायदेखि एनजीओहरूलगायतका विभिन्न पक्षहरुले पहिले नै आदिवासी भूमिहरूमा युकलिप्टस मोनोकल्चर वृक्षारोपण गरिरहेका छन् र त्यसले पानीको अभाव, जैविक विविधतामा क्षति र माटोको क्षयीकरण भैरहेको छ । हरित जलवायु कोषले यी अनुभवहरूबाट पाठ सिक्नुपर्छ र आदिवासी महिला र उनीहरूका समुदायहरूको भूभागजन्य सार्वभौमसत्ताको संरक्षण गर्ने साँचो, लैङ्गिक रुपमा न्यायपूर्ण जलवायु समाधानतर्फ आफ्ना लगानी सार्नु पर्छ।

अहिलेको वास्तविकता: मोनोकल्चर वृक्षरोपणमा लगानी

पाराग्वेयन चाको लामो र बढी गर्मी हुने एउटा समतल र सुक्खा क्षेत्र हो । जलवायु संकटको कारणले गर्दा यो खडेरी र बाढीको चक्रको बीचमा घुम्छ, र त्यसले पानीको पहुँचलाई असर गर्छ। यस क्षेत्रका आदिवासी र ग्रामीण समुदायहरूले लामो समयदेखि वन विनाश र वातावरणीय विनाशको उच्च दर निम्त्याउने उत्खनन्जन्य परियोजनाहरूको द्रुत अतिक्रमणबाट आफ्नो भूमि जोगाउने प्रयास गर्दै आएका छन्। विनाशको दर यति उच्च छ कि ब्राजिलको सेराडो संगै पाराग्वेन चाको आज ल्याटिन अमेरिकाको गाईवस्तु पालनको लागि पुनर्निर्माण गरिएको जमिनको सबैभन्दा ठूलो क्षेत्र हो।

सान्ता रोजाको टोबा कोम आदिवासी समुदायको हकमा, द्वन्द्व “दिगो विकास” को मोडेलमा चलेको छ जुन उनीहरूमाथि एनजीओ फन्डेसियन पारागुआ (NGO Fundación Paraguaya)ले थोपरेको छ। सो गैरसरकारी संस्थाले गरिबी उन्मूलन गर्ने संस्थाको कार्यक्रमको अंशको रूपमा कोम क्षेत्रमा औद्योगिक युकलिप्टस मोनोकल्चर रोप्दैछ। कोम समुदायसँग १,११७ हेक्टेयरको भूमिमा सामूहिक स्वामित्व छ जसमध्ये Fundación Paraguaya ले वर्तमान नियमहरू अनुसार आवश्यक रहेको समुदायको पूर्वपरामर्श वा स्वतन्त्र र सुसूचित सहमति बिना नै २०  हेक्टर जमिनमा मोनोकल्चरका लागि प्रयोग गर्ने योजना बनाएको छ ।

वृक्षारोपण खेती लाभदायक हुनका लागि जमिनको ठूलो भूभागको आवश्यकता पर्दछ, जसले समुदायहरूलाई उनिहरूको परम्परागत भूमि र जीविकोपार्जनबाट विस्थापित गर्छ । खाना र श्रमको स्रोतको रूपमा सेवा गर्ने रूख र बोटबिरुवाहरूको विनाशले समुदायको कल्याण, संस्कृति, सार्वभौमसत्ता र स्वायत्ततालाई असर गर्छ, विशेषगरी खाद्य र हस्तकलाका मुख्य उत्पादक रहेका महिलाहरू बढी प्रभावित हुन्छन्।

“हामी युकलिप्टस वृक्षारोपणको विरोध गर्छौं किनभने चाकोमा हामीसँग धेरै पानी छैन,” बर्नार्डा पेसोआ, क्युमका नेता र रोजाका कलिगढ़ महिलाहरूको संगठन (Organización de Mujeres Artesanas de Santa Rosa) का प्रमुखले भने। यो संस्था जीवन, सामूहिक अधिकार र सामाजिक-पर्यावरणीय अधिकारको रक्षा गर्न समर्पित छ । “हामीसँग हाम्रा इनारहरू छन्, हाम्रा फलफूलका बोटबिरुवाहरू छन् तर युकलिप्टसका रूखहरूले वातावरणलाई धेरै हानि पुऱ्‍याउँदैछन्। हामी युकलिप्टस खाने छैनौं, ति केवल अर्को व्यवसाय हुन्। हामी यसको विरोध गर्छौं किनभने हामी वातावरण रक्षक हौं र यसले ४० परिवारलाई मात्र नभई फाइदा पुर्‍याउँछ, सम्पूर्ण समुदायलाई होइन।”

पाराग्वेमा सरकारले आर्थिक र ग्रामीण विकासको नाममा प्रायः गैर-स्थानीय र हानिकारक प्रजातिहरू, जस्तै युकलिप्टसको साथ वनको पुनरुत्थानलाई बढावा दिन्छ र यसलाई वातावरणीय “उपलब्धि” को रूपमा प्रस्तुत गर्दछ। संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तन महासन्धिको वित्तिय संयन्त्र ग्रीन क्लाइमेट फण्ड (GCF)ले पनि पाराग्वेमा जर्मनीको निजी इक्विटी लगानी फर्म अर्बारो कोषसँगको एउटा सहित चारवटा परियोजनाहरूलाई आजसम्म करिब १०२ मिलियन डलर उपलब्ध गराएको छ। GCF ले ल्याटिन अमेरिका र उप-सहारा अफ्रिकाका सात लक्षित देशहरूमा ७५,००० हेक्टर नयाँ वृक्षरोपणमा लगानी गर्ने आफ्नो योजनालाई समर्थन गरिरहेको छ, जसले कथित रूपमा २ करोड  टन कार्बन कब्जा गर्नेछ।

वास्तवमा वृक्षारोपण गरिएका जमिनले त्यसका लागि खाली गरिएको जमिनभन्दा औसतमा थोरै बढी मात्रा कार्बन ग्रहण गर्छ । युकेलिप्टस रूखहरू नियमित रूपमा काटिन्छन्, प्रायः प्रत्येक १० देखि २० वर्षमा। सफा गर्ने, रोप्ने र फसल काट्ने यो दोहोरिने चक्र, र यससँगै हुने कार्बन उत्सर्जनले यी वन पुनरुत्थान पहलहरूको कथित लाभहरूलाई कमजोर बनाउँछ। यसविपरीत, प्राकृतिक वनहरूले औद्योगिक वृक्षरोपणहरू भन्दा ४० गुणा बढी कार्बन ग्रहण गर्छन् र जबसम्म तिनीहरूलाई त्यसै छोडिन्छ तबसम्म त्यसो गरिरहन्छन्। यसले प्राकृतिक पारिस्थितिक प्रणालीको तुलनामा मोनोकल्चर वृक्षारोपणमा गरिएको लगानी कति प्रभावहीन छ भनेर देखाउँछ, साथै आदिवासीको सर्वाभौमिकता उल्लङ्घन गर्ने कार्य पनि हो ।

मोनोकल्चर वृक्षारोपणमा मल र कृषि रसायनहरूको जथाभावी प्रयोग हुने गर्छ जसले पानी र माटोलाई प्रदूषित गर्दछ। एग्रोफरेस्ट्रीमा विशेषज्ञता प्राप्त अन्तर्राष्ट्रिय संस्था वर्ल्ड एग्रोफोरेस्ट्री सेन्टरका अनुसार औसत युकलिप्टस रूखले प्रतिदिन ८५ लिटर पानी खपत गर्छ। स्थायी पानी अभाव भएको क्षेत्रमा, यस रूखको मोनोकल्चरले पहिले नै गम्भीर रहेको समस्यालाई झन् बढाउँछ। सान्ता रोजा नजिकैका समुदायहरूमा यी वृक्षारोपणहरूले खडेरी र पानीको भण्डार कम हुँदै जाने र माटोको क्षयिकरण र जैविक विविधताको हानि निम्त्याइरहेको छ।

राम्रो लगानी: आदिवासीको भूभागजन्य सार्वभौमसत्ता सुरक्षित गर्बे

कोम समुदायको संगठन डे मुजेरेस आर्टेसनास डे सान्ता रोजाले वातावरणीय निकाय समक्ष गुनासो दायर गरेको छ र उनीहरूको अवस्थाप्रति जागरूकता बढाउनका लागि प्रदर्शन आयोजना गरेको छ। फलस्वरूप, उनीहरूले शारीरिक हिंसा र धम्की पनि भोगेका छन्।

कोम महिलाहरुका लागी, भूभागजन्य सार्वभौमिकताको संरक्षणको अर्थ भूमिको स्वामित्व र स्रोतहरुको उपयोगको अधिकार; पहिचान, संस्कृति र ज्ञानको संरक्षण गर्ने अधिकार; निर्णय प्रक्रियामा भाग लिने अधिकार; र स्वशासनको अधिकार हो । कोम पहिचान उनीहरूको भूभागहरूसँगको सम्बन्धसँग धेरै जोडिएको छ, र सार्वभौमिकता बिना, कोमले आफ्नो महत्त्वपूर्ण संस्कारहरुलाई निरन्तरता दिन सक्दैनन्, जसले जलवायु परिवर्तन न्यूनीकरणमा थप योगदान दिन्छ।

मोनोकल्चर वृक्षरोपणमा लगानी गर्दा परिस्थिकीय प्रणाली जोगाउन र आदिवासी महिला र सामुदायिक अधिकारहरूलाई सुदृढ गर्दै प्राकृतिक जल चक्र पुनर्स्थापना गर्न प्रयोग गर्न सकिने स्रोत कम हुन जान्छ। तटीय र उष्णतटीय वनहरूमा भण्डारण गरिएको कुल कार्बनको कम्तिमा २२% सामूहिक रूपमा व्यवस्थित भूमिहरूमा हुन्छ, जसको एक तिहाइ आदिवासी जनजाति र स्थानीय समुदायहरूलाई कानुनी मान्यता नभएको क्षेत्रमा पाइन्छ।

धेरै अध्ययनहरूले प्राकृतिक रूपमा पुन:उत्पन्न हुनका लागि वनलाई त्यसै छोड्दा व्यावसायिक वृक्षारोपणहरू स्थापना गर्नुभन्दा ९७ % बढी कार्बन ग्रहण लाभहरू प्रदान गर्ने उल्लेख गर्छन्। ‘वन विनास रोक्नु’ लाई न्यूनीकरणका लागि सबैभन्दा कम लागतको उपाय मानिन्छ, तर आज विनाश भएको वनको आदिवासी व्यवस्थापन विस्तार गर्दै सामुदायिक भूमि अधिकारलाई मान्यता दिने समाधानहरू प्राथमिकतामा परेको देखिँदैन।

लैङ्गिक रुपमा न्यायपूर्ण जलवायु समाधानहरूले स्थानीय र पैतृक ज्ञानलाई पहिचान र समावेश गर्दै महिला र किशोरीहरूको स्वायत्तता, खाद्य सम्प्रभुता, प्राकृतिक स्रोतमा पहुँच र सुस्वास्थ्यमा योगदान पुर्‍याउँछ। आदिवासी क्षेत्रीय सार्वभौमसत्ता सुरक्षित गर्ने लैङ्गिक-न्यायपूर्ण जलवायु समाधान महत्त्वपूर्ण पारिस्थितिक प्रणाली कार्यहरूको संरक्षण र पुनर्स्थापना गर्न, जैविक विविधताको संरक्षण गर्न र कृषि व्यवसायको कारणले हुने वन क्षति र ह्रासको दरलाई कम गर्न सबैभन्दा लागत प्रभावकारी, दिगो र समन्यायिक रणनीतिहरू मध्ये एक हो। परिणामस्वरूप, प्राकृतिक पारिस्थितिक प्रणाली र समुदाय दुवै थप उत्थानशील हुन्छन् र जलवायु परिवर्तनका झट्काहरूलाई अनुकूलन गर्ने र प्रतिकार्य गरुने क्षमता बढ्न जान्छ ।

यो  लैङ्गिक रुपमा न्यायपूर्ण जलवायु समाधानको नेतृत्व कसले गरिरहेको छ?

The Organización de Mujeres Artesanas de Santa Rosa (सान्ता रोजाको कालिगढ़ महिलाहरूको संगठन) सामूहिक सांस्कृतिक र सामाजिक-पर्यावरण अधिकारको रक्षा गर्न समर्पित छ। उनीहरू Fondo Mujeres del Sur द्वारा समर्थित छन्, जुन Global Alliance for Green and Gender Action नेटवर्कको हिस्सा हो। सान्ता रोजाको कोम समुदाय सहित पाराग्वेका १२ वटा विभागका ग्रामीण महिलाहरूसँग काम गर्ने किसान र आदिवासी महिला कोनामुरीको संगठनलाई फलो गर्नुहोस्। तपाईंले थप जानकारी यहाँ प्राप्त गर्न सक्नु हुन्छ:


Related Post

Relatório | Violência estrutural: o que aprendemos com mulheres e meninas defensoras do meio ambiente

Em função dos seus esforços na defesa de suas terras, territórios e recursos naturais, as mulheres e meninas defensoras do…

See more

NGO CSW66 Forum event recording | Structural violence: Learning from women and girl environmental defenders

In their efforts to defend their land, territories and natural resources, women and girl environmental defenders* (WGEDs) around the world…

See more

NGO CSW66 Forum event recording | #WeWomenAreWater campaign

On World Water Day 2022, the Global Alliance for Green and Gender Action (GAGGA) hosted an NGO CSW Forum event…

See more

Subscribe to our newsletter

Sign up and keep up to date with our network's collective fight for a gender and environmentally just world.