फिजीमा नारिवादी जलवायु कार्यका लागि आर्थिक सहायता


प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूको हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदानका बावजुद हाम्रो पुस्ताको सबैभन्दा ठूलो संकट अर्थात विश्व तापक्रम वृद्धिविरुद्धको लडाईंमा उनीहरू अग्रपंत्तिमा रहेको कुरामा कुनै दुविधा छैन ।

जलवायु परिवर्तनका प्रभावहरू केवल वातावरणीय वा राजनीतिक सवाल होइनन्, यो महिला, किशोरी र सीमान्तकृत समूहहरूको हकहितमाथि उल्लेखनीय परिणाम निम्त्याउने एउटा जटिल सामाजिक मुद्दा पनि हो । स्मरणीय छ, लैङ्गिकतामा आधारित शक्ति सन्तुलन र स्रोतहरूको प्रयोगमा माथि नियन्त्रणको अभावका कारण यो समूहले त्यसैपनि अन्याय भोगिरहुन परेको अवस्था छ । अध्ययनले प्राकृतिक प्रकोपका कारण मृत्यु वा घाइते हुने महिला तथा किशोरीहरूको संख्या पुरुष भन्दा १४ गुणा बढी रहेको देखाउँछ । त्यसले निम्त्याउने विभिन्न माध्यमिक प्रभावहरूको उनीहरूले सामना गर्नुपर्ने हुन्छ, जस्तैः लैङ्गिकतामा आधारित हिंसा, आर्थिक अवसरहरूको क्षति र बढ्दो कार्यभार ।

जलवायु परिवर्तनबाट पुरुष भन्दा महिला बढी प्रभावित हुने मात्र नभई उनीहरूले जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । बदलिंदो वातावरणीय अवस्था अनुसार अनूलकन गर्न के आवश्यक छ भन्ने ज्ञान र बुझाई महिलाहरूमा छ, र त्यसका लागि उनीहरूले व्यवहारिक समाधान पनि निकाल्ने गर्छन् । तर उनीहरूको ज्ञान र विशेषज्ञतालाई अझै पनि पर्याप्त मात्रामा उपयोग गरिएको छैन । भूमिमाथिको सीमित अधिकार, वित्तीय स्रोत, तालिम तथा प्रविधिमा पहुँचको अभाव, राजनीतिक निर्णय प्रक्रियामा सीमित पहुँचले उनीहरूलाई जलवायु परिवर्तन र अन्य वातावरणीय चुनौतीहरू विरुद्ध उत्थानशिलता निर्माण गर्ने कार्यमा पूर्ण भूमिका निर्वाह गर्नबाट बञ्चित गर्ने गर्दछ ।

ग्रामीण तथा दुर्गम समुदायहरू प्रायः बढी जोखिममा हुने गर्छन र उनीहरूको भोगोलिक अवस्थाका कारण पुनर्लाभको प्रक्रियामा पूर्ण रुपले सहभागी हुँदैन । फिजीको तथ्याङ्क विभागको घरपरिवार आम्दानी तथा खर्च सर्वेक्षण, २०१९–२०२० को निष्कर्ष अनुसार सहरी गरिबी भन्दा ग्रामीण गरिब अझै पनि उच्च रहेको छ, र त्यहाँका ६२.२ % गरिबहरू ग्रामीण क्षेत्रमा बसोबास गर्छन् ।

यी समुदायहरूसम्म स्रोत अन्ततः पुगेपनि फेरी पनि महिला, किशोरी र सीमान्तकृत समूहहरूले आफ्नो पुनर्लाभका लागि न्यून वा शुन्य सहयोग प्राप्त गर्छन्, र उनीहरूका विचारहरूको कदर हुँदैन । सामुदायिक नेतृत्वमा महिलाहरूको सीमित प्रतिनिधित्वले गर्दा उनीहरूका पृथक आवश्यकताहरूबारे कुनै बुझाई हुँदैन र त्यसकारण समाधान पनि हुँदैन ।

वुमन्स् फण्ड अर्थात कोषमा हाम्रो लक्ष्य महिला, किशोरी र सीमान्तकृत समूहहरूको पूर्ण सहभागितालाई रोक्ने शक्ति असन्तुलनलाई परिवर्तन गरी महिला तथा नारिवादी समूह, सञ्जाल र संस्थाहरूलाई जलवायु संकट विरुद्धको प्रतिकार्य र अनुकूलन प्रभावकारी रुपमा सञ्चालन गर्न स्रोतहरूमा समतामूलक तथा लचिलो पहुँच उपलब्ध गराउनु रहेको छ ।

जलवायु न्याय र मानवीय सहायता कार्य सो कोषको सन् २०२२–२०२४ का लागि पहिलो रणनीतिक योजना अन्तर्गतका छ वटा मुख्य प्राथमिकताका क्षेत्रहरू मध्ये एक हो ।

गत बर्ष, फिजीले दुईवटा ठूला चक्रवात र विश्वव्यापी महामारीको सामना गर्नुप¥यो । महिला र लैङ्गिक अल्पसङ्ख्यकका बढ्दो आवश्यकताहरू, विशेषगरी हिंसा र खाद्य असुरक्षालाई सम्बोधन गर्न कोषले उत्थानशिलता अनुदानको थालनी गरेको छ, जसले संकट व्यवस्थापन वा अप्रत्यासित संकट आइपरेको अवस्थाको प्रारम्भिक वा पुनर्लाभको अवधिमा हुने संकट निवारण क्रियाकलापहरूका लागि सहयोग उपलब्ध गराउँछ । कोषका वर्तमान र पूर्व अनुदान साझेदारहरूलाई बार्षिक रुपमा अधिकतम २४ हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान गरिन्छ । स्थापना भएयता, कोषले फिजीका १० वटा महिला तथा नारिवादी समूहहरूलाई १२ वटा अनुदान वितरण गरिसकेको छ ।

कोषले अस्ट्रेलिया प्यासिफिक क्लाइमेट पार्टनरसिपबाट पनि आफ्नो उत्थानशिलता अनुदानमा सुधार ल्याउन र आफ्ना अनुदान साझेदारहरूका लागि भविष्यमा जलवायु क्षेत्रमा उपलब्ध हुने अवसरहरू प्राप्त गर्न सहजीकरणका लागि प्राविधिक सहायता पनि प्राप्त गरेको छ । प्रशान्त क्षेत्रमा उत्थानशील कार्यक्रमहरूमा ठूलो लगानी गर्दै आएको क्लाइमेट पार्टनरसिपले जलवायु समाधानहरूका लागि बढ्दो निजी क्षेत्रको लगानीलाई पनि सहयोग गर्नेछ ।

राइज वियोण्ड द रिफमार्फत विपद् पुनर्लाभमा महिलाहरूको संगठनलाई आर्थिक सहयोग

हाम्रो उत्थानशिलता अनुदानमार्फत कोषले आदिवासी महिला र उनीहरूका ग्रामीण समुदायहरूसँग काम गर्ने राइज वियोण्ड द रिफ (आरबीटीआर)को विपद् पुनर्लाभ कार्यक्रमलाई सहयोग उपलब्ध गराएको छ । आरबीटीआरले ३५० भन्दा बढी ग्रामीण महिला र उनीहरूमा निर्भर १,५०० भन्दा बढी व्यक्तिहरू समावेश रहेको एउटा दीर्घकालीन र धेरै हदसम्म स्वावलम्बन मुल्य तथा आपूर्ति शृङ्खला कार्यक्रम कार्यान्वयन गरेको छ । आर्थिक सशक्तीकरण कार्यक्रममार्फत उनीहरूले आपूर्ति शृङ्खलाका लागि स्थापित जिल्ला तथा गाउँ संयोजक संरचनामा आधारित महिलाको नेतृत्वमा विपद् प्रतिकार्य सञ्जालको निर्माण गरेका छन् । आजसम्म, यी ग्रामीण महिला समूहहरूले सन् २०१५ मा स्थापना भएयता झण्डै ३ लाख ३६ हजार अमेरिकी डलर बराबरको आम्दानी गर्न सकेका छन् । आरबीटीआरको प्रतिकार्य–पुनर्लाभ फ्रेमवर्क (ढाँचा) समावेशी हुनाको साथै चक्रवातबाट ध्वस्त हुन पुगेको ग्रामीण र दुर्गम समुदायहरूको निष्ठालाई पुनस्र्थापित गर्न सजिलै विस्तार गर्न सकिने किसिमको छ ।

त्यसको एउटा उदाहरण आरबीटीआरको “सेल्टर फ्रम स्र्टम (हावाहुरीबाट आश्रय)कार्यक्रम” हो, जसको थालनी सन् २०१६ मा गएको दक्षिणी गोलार्धमा अहिलेसम्म आएको सबैभन्दा ठूलो हावाहुरी वर्ग पाँचको चक्रवात विस्टनपछि भएको थियो । त्यसबाट प्रभावित समुदायहरूले आयआर्जनका सबै माध्यमहरू गुमाउन पुगेका थिए, किनभने बालीका साथै पान्डानुस र किम्बुको रुख जस्ता (हस्तकलाका चाहिने) कच्चा पदार्थ सबै नष्ट हुन पुगेको थियो ।

कार्यक्रमले कलाकारहरूलाई हावाहुरीले थुपारेको विभिन्न सामग्रीहरूबाट बहुमुल्य सामानाहरू बनाउन प्रशिक्षित ग¥यो । उदाहरणका लागि, हावाहुरीले उडाएर ल्याएका रुखहरूलाई स्टुल र टेबल बनाउन प्रयोग गरियो । त्यसैगरी महिलाहरूले झरेका नरिवलबाट तेल निकाल्ने र गाइवस्तुका लागि खान दिन उपयोग गरे भने नरिवलको खोस्टाबाट गहना र मैनबत्ती राख्ने स्टेण्ड बनाए । ढुँगा र शंखे किराको संकलन गरी त्यसलाई सफा गरी रङ्ग लगाएर हातले बनाएको झोलामा प्रयोग गरियो, र कतिलाई टिक–ट्याक–टो भन्ने खेल खेल्न पनि विक्री गरियो । ढलेका रुखहरूलाई क्षतिग्रस्त घरहरूको पुननिर्माण र मर्मतसम्भार गर्न यी समुदायहरूलाई मद्दत गर्न कार्यक्रमले घुम्ती काठमिल पनि उपलब्ध गरायो ।

त्यसपछि आरबीटीआरले समुदायहरूको सहकार्यमा मध्यकालीन र दीर्घकालीन आर्थिक पुनर्लाभ योजना तथा अवसरहरूको विकास ग¥यो । यसमा हस्तकला र कृषि सामग्री, सामान बनाउने, बजार पहुँचमा सहयोग उपलब्ध गराउने, र खाद्य असुरक्षालाई सम्बोधन गर्न सामुदायिक बगैँचा र खाद्य बैंकको पुनस्र्थापनालगायतका कार्य समावेश थिए । आरबीटीआरले स्थानीय समुदायले दैनिक निर्वाहका लागि र आयआर्जनका लागि बाली लगाउने बेला जलवायु उत्थानशिल वीउ र विरुवाको प्रयोग गरेको सुनिश्चित गर्ने काम गर्छ ।

आरबीटीआरले सो कार्यक्रमलाई यस बर्ष बुआ प्रान्तलाई सन् २०२० को डिसेम्बरमा आएको वर्ग पाँचको उष्णदेशीय चक्रवात यासापछिको पुनर्लाभमा मद्दत गर्न लागु ग¥यो । बुआ फिजीको उत्तर टापुमा अवस्थित छ, र कोभिड–१९बाट प्रभावित पनि हुन पुगेको थियो । सो कार्यक्रमार्फत १२ वटा नयाँ घरहरको निर्माण गरियो भने चिरान गरिएको काठको प्रयोग गरी ३७ वटा घरहरूको मर्मतसम्भार गरियो । त्यसरी प्रयोग भएका चिरान गरिएको काठको मुल्य आजसम्म क्यूफिटको आधारमा १ लाख ४५ हजार अमेरिकी डलर बराबर थियो ।

कार्यक्रमको सफलता र विस्तारयोग्यताको मुख्य पक्षका रुपमा पुनर्लाभ प्रक्रियाको हरेक चरणमा महिलाहरूको नेतृत्व र सहभागिता रहेको छ । आरबीटीआरले महिलाहरू पुनःनिर्माण र निर्णय प्रक्रियामा संलग्न रहेको, र उनीहरूका आवस्थाहरूलाई प्राथमिकता प्रदान गरिएको सुनिश्चित गर्दछ । महिलाहरूलाई काठ मिल सञ्चालन गर्न र आधारभूत सिकर्मी तालिम पनि प्रदान गरिएको थियो ।

आरबीटीआर जस्ता महिलाको नेतृत्वमा सञ्चालित संस्थाहरूका लागि वुमन फण्ड फिजीको सहयोगबाट प्रशान्त क्षेत्रका समुदायहरूलाई जलवायु संकटको समाधन गर्नका लागि उत्तम समाधान भनेको त्यस्तो कार्य हो जसले समग्र सामुदायिक अवधारणा अवलम्बन गर्छ र महिला, किशोरी तथा सीमान्तकृत समूहहरूको सहभागितालाई प्राथमिकता प्रदान गर्छ भन्ने सिकाई भएको छ ।

 

लेखकहरूका बारेमा

कुइनी राबो फिजी र प्रशान्त क्षेत्रमा समुदायहरू, विशेषगरी महिला सञ्जालहरूसँग काम गरेको १३ बर्ष भन्दा बढी अनुभव भएकी फिजीकी विकास विशेषज्ञ हुन् । उनले लैङ्गिकता र उर्जा परियोजनाहरूको पनि व्यवस्थापन गरेकी छिन्, र सहायता समन्वयमा अनुभवी छिन् । कुइनीले युनिभर्सिटी अफ द साउथ प्यासिफिक, प्यासिफिक कम्यूनिटीको सचिवालयसँग, र फिजी सरकारसँग पनि काम गर्नु भएको छ, र हाल वुमेन फण्ड फिजीमा कार्यक्रम अधिकृतका रुपमा कार्यरत हुनुहुन्छ ।

इरिका ली प्रशान्त क्षेत्रमा आधारित सञ्चार क्षेत्रमा १५ बर्ष भन्दा बढी अनुभव हासिल गरेकी रणनीतिक सञ्चार र विकासका लागि सञ्चार विशेषज्ञ हुन् । प्यासिफिक टापुका बासिन्दाहरूको आवाजलाई विकास पत्रकारितामार्फत विस्तार गरी अर्थपूर्ण सहभागिता र सामाजिक परिवर्तन साकार बनाउने काममा रुचि राख्दछिन् । उनले संरासङ्घ क्यापिटल डेभेलपमेन्ट फण्ड, प्रशान्त टापुका निजी क्षेत्र, र फिजीको सरकारका लागि पनि काम गरेकी छिन् । इरिका हाल वुमन फण्ड फिजीमा सञ्चार अधिकृतका रुपमा कार्यरत छिन् ।

वुमन फण्ड फिजीका बारेमा

वुमन फण्ड फिजी प्रशान्त क्षेत्रको पहिला राष्ट्रिय महिला कोष हो । नारिवादी र महिला अधिकारको क्षेत्रमा कार्यरत संस्था र आन्दोलाहरूप्रति समानूभूति राख्दै उनीहरूका लागि वित्तीय र गैरवित्तीय स्रोत परिचालन गर्ने हामी एउटा अनुकलनयोग्य नारिवादी कोष हौं । सहयोगको उद्देश्य फिजीका महिला, किशोरी र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको मानवअधिकार संरक्षण र सम्वद्र्धन गराउनु रहेको छ ।

यस कोषले सन् २०१७ मा अस्टे«लियाली सरकारको पाँच बर्षीय कार्यक्रम, प्यासिफिक वुमन सेपिङ्ग डेभेलपमेन्ट प्रोगामका रुपमा काम गर्न सुरु गरेको हो । कोषले  सन् २०१७ देखि २०२२ सम्मका लागि १ करोड ५ लाख अस्टे«लियन डलर प्रदान गर्ने प्रतिबद्धता जनाएको छ, जसको प्रयोग लैङ्गिक न्याय र मानवअधिकारको क्षेत्रमा फिजीमा काम गर्ने महिला समूह, संस्था र सञ्जालहरूको क्षमता अभिवृद्धिमा गरिनेछ । सन् २०२१ मा कोष फिजीको परोपकार कोष ऐनअन्तर्गत एउटा स्थानीय संस्थाका रुपमा दर्ता भएको छ र त्यसमा फिजीमा नारिवादी र महिला आन्दोलनले नेतृत्व गरेको नयाँ प्रशासकीय बोर्ड रहेको छ ।


Related Post

October 2021 | Now is the time for urgent climate action

With extreme weather events impacting every region of the world in recent months and stark warnings from the latest IPCC report,…

See more

दक्षिणी विश्वका नारीवादीहरुका तर्फबाट कोप निर्णयकर्ताहरूका लागि : जलवायु न्यायका लागि आमूल परिवर्तन

“जलवायु न्यायको अर्थ… – अस्थिर उत्पादन, उपभोग र व्यापार सहितका जलवायु संकटका कारक तत्वलाई सम्बोधन गर्दै – समानता र मानव…

See more

Report | Intrinsically linked: gender equality, climate and biodiversity

The worldwide climate crisis, loss of biodiversity and continuing gender inequality are intrinsically linked. Solving the climate and biodiversity crises…

See more

Subscribe to our newsletter

Sign up and keep up to date with our network's collective fight for a gender and environmentally just world.