महिलाहरुद्वारा नाइजर डेल्टामा म्यान्ग्रोभ जंगलहरू पुनर्स्थापित


वर्तमान वास्तविकताः जीवाश्म इन्धन उत्खनन्मा निरन्तर लगानी

 नाइजर डेल्टाको योर्ला आयल फिल्डमा याटाहको किसान र माछा मार्ने समुदायले उनीहरूको प्रयोग गर्ने पानी बढ्दो रुपमा प्रदूषित हुँदै गएको देख्दै आएका छन् । दशकौं अघि, समुदायका महिलाहरूले आफ्नो मुख्य खानाका रुपमा कासाभा प्रशोधन गर्नु अघि त्यसलार्ई  भिजाएर कुहाउन याताह नदीमा धेरै दिनसम्म भिजाएर राख्नेगर्थे। स्थानीय क्वावा महिलाहरू प्रसिद्ध कुमाले थिए, जसले खोलाबाट प्राप्त माटोको प्रयोग गरी नाचमा, जडिबुटी, पेय पदार्थ र खाना पकाउने परम्परागत भाँडो बनाएर आम्दानी गर्थे । पेट्रोलियम हाइड्रोकार्बनले खोलाको पानी धेरै दूषित भएकाले अहिले कासावा प्रशोधन गर्न वा माटोको भाँडो बनाउन सम्भव छैन, र नदीको किनारमा मरेका माछा र गंगटा छरिएका भेटिन्छन् ।

तीनवटा तेलका इनार भएको तेल प्रवाह स्टेसन याताहा समुदाय बसोबास गर्ने क्षेत्रमा पर्छ, र संयुक्त लगानी कम्पनी नाइजेरिया नेसनल पेट्रोलियम कर्पोरेसनसँगको साझेदारीमा सञ्चालित सेल पेट्रोलियम विकास कम्पनीका गतिविधिहरूका कारण कच्चा तेल चुहिएर नदी दूषित भएको छ । समयसँगै, समुदायले ग्यास फ्लारिङ्ग, तेल अन्वेषण गतिविधिहरू र प्रशोधनका प्रभाव भोग्दै आएका छन् ः अम्लीय वर्षा, कालो धुलो, उच्च तापक्रम, सुख्खा माटो, उच्च ज्वार, ढिलो वर्षा, मरुभूमीकरण, समुद्री बासस्थानको विनाश र म्यानग्रोभ विनाश ।

नाइजर डेल्टा क्षेत्रमा जहाँ तेलको विषाक्तताका कारण म्यानग्रोभ वनहरू हराइसकेका छन्, त्यसलाई निपा पामद्वारा प्रतिस्थापित गर्दैछन् । यो एक शताब्दी भन्दा अघि यहाँ लगाइएको एउटा विदेशी प्रजाति हो । विगत चार दशकमा, निपा पामले याताह नदीमा अतिक्रमण गरी माछा र क्रस्टेसियनहरूका लागि महत्वपूर्ण प्रजनन् वासस्थान र वातावरणका लागि कार्बन सिंकको रूपमा काम गर्ने स्थानीय म्यान्ग्रोभहरू नष्ट गरिदिएका छन् । यसले महिलाहरूको लागि जीवन झनै कठिन बनाइदिएको छ, किनभने उनीहरुको जनजीविका स्थानीय खानाको प्रमुख पक्षका रुपमा रहेको एक प्रकारको शंखेकिराको प्रजाति पश्चिमी अफ्रिकी मड क्रिपरको विक्रीमा निर्भर छ ।

राम्रो लगानीः म्यानग्रोभ वनको पुनर्स्थापना

नाइजर डेल्टा विश्वको तेस्रो ठूलो म्यानग्रोभ वन हो र यसको म्यानग्रोभहरू जलवायु परिवर्तन संकटका लागि महत्वपूर्ण प्रकृतिमा आधारित समाधान हुन् । उनीहरूले परम्परागत वर्षा निम्त्याउने वनहरू भन्दा चार गुणा बढी कार्बन भण्डारण गर्छन्, तिनीहरूको घना जरा प्रणालीले बाढी र आँधीहरू विरुद्ध तटीय सुरक्षाको रूपमा सेवा गर्छन्, क्षयीकरण रोक्न र पानीको गुणस्तर तथा स्वच्छता कायम राख्छ सहयोग गर्छन् । विभिन्न आर्थिक लाभहरू प्रदान गर्नुका अतिरिक्त यी जैविक विविधताका लागि मुख्य केन्द्र हुन् । यद्यपि, यदि निपा पामहरू द्रुत रूपमा बढ्दै गएमा र तेल चुहिने समस्या रह्यो भने आगामी ५० वर्षमा नाइजर डेल्टाबाट म्यान्ग्रोभहरू पूर्ण रूपमा हराउन सक्छ ।

म्यानग्रोभको अभावमा आम्दानीका लागि शंखेकिरा नहुँने अवस्था आउने भएकाले महिलाहरूले मामिलालाई आफ्नै हातमा लिए । लोकियाका सामुदायिक विकास केन्द्र नामक स्थानीय लैङ्गिक र वातावरणीय अधिकार संस्थाले समुदायका २५० जना महिला तथा किशोरीहरूलाई कार्बन भण्डारण बढाउन, जनजीविका पुनर्स्थापना, जैविक विविधता पुनरुत्थान र पानीबाट पेट्रोलियम हाइड्रोकार्बन सफा गर्नका लागि म्यान्ग्रोभ पुनस्र्थापना र जैविक विविधता व्यवस्थापनमा तालिम दिएको छ । यस प्रक्रिया मार्फत, महिलाहरूले ३६ वटा बाली क्षेत्रबाट निपा पामहरू विस्थापन गरिसकेका छन् र करिब १० लाख म्यानग्रोभहरू पुनस्र्थापित गरेका छन् । र यो सुरुवात मात्र हो । लोकियाका सेन्टरले एक वर्षमा कम्तीमा ५ लाख म्यानग्रोभ र एक दशकभित्र ५० लाख म्यानग्रोभ पुनस्र्थापना गर्ने योजना बनाएको छ ।

लोकियाका केन्द्रको प्रयासले जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा योगदान पु¥याइरहेको छ र समुदायका महिला र किशोरीहरूलाई परियोजनाको डिजाइनदेखि कार्यान्वयनसम्म संलग्न भएको सुनिश्चित गरेको छ । विनाश भएको वातावरण पुनर्स्थापित गर्ने प्रक्रियामा, लोकियाकाका महिला र किशोरीहरूले आफ्नो जीविकोपार्जन पुनस्र्थापित हुने र आफूले प्रयोग गर्ने पानी सफा हुनेछ भन्ने आशातर्फको पहिलो संकेत देखिरहेका छन् : क्रस्टेसियनहरू यस महत्वपूर्ण म्यानग्रोभ बासस्थानमा फर्केका छन् ।

यो लैङ्गिक रुपमा न्यायपूर्ण जलवायु समाधानको नेतृत्व कसले गरिरहेको ?

लोकियाका सामुदायिक विकास केन्द्र Both ENDS, Global Greengrants FundMama Cash, को  स्थानीय साझेदार हो, र ति सबै Global Alliance for Green and Gender Action (गागा)का हिस्सा हुन् । सन् २००९ मा स्थापित, यो नाइजर डेल्टाका आदिवासी महिला किसान र मानव अधिकारकर्मीहरूका लागि र उनीहरुसँग काम गर्ने एक स्वनेतृत्वको संस्था हो । समूहले आदिवासी महिलाहरूको भूमि अधिकार सुरक्षित गर्न र महिलाहरूलाई उनीहरूको भूमि र वातावरणसँग सम्बन्धित निर्णयमा महत्वपूर्ण सरोकारवालाको रूपमा स्वीकार गरिएको सुनिश्चित गर्न वकालत, अभियान, वन पुनस्र्थापना, संरक्षण र व्यवस्थापन, गठबन्धन निर्माण र ज्ञान आदानप्रदानलगायतका क्षेत्रमा प्रशिक्षण प्रदान गर्दछ ।

लोकियाका सामुदायिक विकास केन्द्रले शेल र नाइजेरियाली सरकारलाई लक्षित गर्दै समुदायहरूमा पिउने पानी उपलब्ध गराउन अभियानहरू सञ्चालन गर्दै आएको छ, र उनीहरुलाई ओगोनी वातावरण सफा, सुधार र पुनस्र्थापना गर्न जोड दिइरहेको छ ।  उनीहरूका क्रियाकलापहरुबारे यहाँ हेर्न सक्नुहुन्छ र देहायका लिङ्कहरूमार्फत थप थप जानकारी लिन सक्नुहुन्छ ः


Related Post

We Are Hiring: Operations and Finance Officer!

DEADLINE EXTENDED! Are you passionate about ensuring efficient financial management and operational excellence to support transformative work in climate, environmental,…

See more

We Are Hiring: Donor Engagement Officer!

DEADLINE EXTENDED! Are you passionate about cultivating relationships and securing funding to support transformative work in climate, environmental, and gender…

See more
Anamika Dutt's picture with the text, "welcoming Anamika Dutt, GAGGA's PMEL Officer"

Welcoming Anamika Dutt As GAGGA’s Planning, Monitoring, Evaluation & Learning (PMEL) Officer!

Anamika Dutt is a feminist MEL practitioner from India. Anamika believes that stories of change and impact are best heard…

See more

Subscribe to our newsletter

Sign up and keep up to date with our network's collective fight for a gender and environmentally just world.