माया चोर्ती महिलाहरूद्वारा आफ्नो भूभागमाथिको अधिकार र पानीको पहुँच पुनर्स्थापित


लामो कथा छोटोमा : अन्तर-अमेरिकी विकास बैंक जस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले जैविक  ईन्धन उत्पादनको गलत जलवायु समाधानमा लगानी गर्ने कार्यलाई जारी राखेका छन्, जसबाट लामो समयदेखि हरितगृह ग्यास उत्सर्जन बढाउने, खाद्य आपूर्तिमा खतरा निम्त्याउने र स्थानीय समुदायहरूलाई विस्थापित गर्ने कार्य हुँदै आएको छ । माया चोर्तीका महिला र उनीहरूका समुदायहरूले व्यावहारिक जलवायु समाधानहरू अवलम्बन गर्दछन् : जलवायु परिवर्तनका प्रभावहरूलाई अनुकूलन गर्न सामुदायिक पानी व्यवस्थापन र बाली विविधीकरण ।

वर्तमान वास्तविकता: जैविक इन्धन उत्पादनका लागि ठूलो कृषि व्यवसायमा लगानी

१७ वर्षदेखि मायन चोर्तीका जनताले आफू र आफ्ना पुर्खाहरू पुस्तादेखि बसोबास गर्दै आएको जग्गाको स्वामित्व माग गर्दै आएका छन् । सामुदायिक भूमिमा चोर्तीको स्वामित्व अस्वीकार गर्नु भनेको उनीहरूलाई पानी र खाद्य सुरक्षाको पहुँचबाट वञ्चित गर्नु हो। चोर्तीहरूलाई उनीहरूको जमिनबाट वञ्चित गरिरहेको एउटा कार्य भनेको  उनीहरुको खेतमा इथानोल इन्धन उत्पादनका लागि स्थानीय रूपमा पिनोन भनेर चिनिने मोनोकल्चर बाली जाट्रोफाको विस्तार हो। ठूला जैविक इन्धन कम्पनीहरूले जलस्रोतमाथि एकाधिकार जमाउदै स्थानीय समुदायहरूलाई आफ्नो भूमिबाट विस्थापित गर्दैछन्।

ग्वाटेमालामा उखु, जट्रोफा र तेल पाम मोनोकल्चर बगैंचाहरूको विस्तार केहि हदसम्म जैविक इन्धनको युरोपेली माग पूरा गर्न भैरहेको छ । यी बालीबाट बनेको बायोडिजेल लामो समयदेखि डिजेल इन्धनका लागि नवीकरणीय ऊर्जा विकल्पको रूपमा चिनिन्छ। यद्यपि,  जैविक ईन्धन राजनीतिज्ञ र निगमहरूले भन्ने गरेको जस्तो सजिलो जलवायु समाधान होइनन् भन्ने कुरा अन्वेषकहरूले वर्षौंदेखि अध्ययनहरू प्रकाशित गर्दै आएका छन् । सन् २००७ मा नोबेल पुरस्कार विजेता रसायनशास्त्री पॉल क्रुत्जेनको एक अध्ययनले धेरै जैविक ईन्धनहरू उत्पदान् र प्रयोगले हरितगृह ग्यास उत्सर्जन कम गर्नुको सट्टा बढाउँछ र जैविक ईन्धनले खाद्य आपूर्ति र किसानहरूको जीविकोपार्जनलाई खतरामा पार्ने कुरा देखाएको थियो ।

ग्वाटेमाला विश्वव्यापी रूपमा विश्वको चौथो ठूलो चिनी निर्यातकर्ता हो र मध्य अमेरिकाको उखु इथानोलको लगभग ४४ % उत्पादन गर्दछ। संयुक्त राज्य अमेरिका र विश्व बैंक, इन्टर-अमेरिकन विकास बैंक (IDB) र आर्थिक एकीकरणका लागि केन्द्रीय अमेरिकी बैंक जस्ता अन्तर्राष्ट्रिय ऋण प्रदायक संस्थाहरूले ग्वाटेमालाको यस ऊर्जा स्रोतको उत्पादनमा ठूलो लगानी गरेका छन् । इन्टर-अमेरिकन विकास बैंकले यो उद्योगको राम्रोसँग विकास भयो भने ग्वाटेमालाको ग्रामीण अर्थतन्त्रमा नगद प्रवाह र रोजगारीहरू बढाउँन सक्छ भनेको छ  । तिनीहरूले ग्वाटेमाला लगायत ल्याटिन अमेरिकामा “चिनी र जैविक इन्धन कम्पनीहरू र निर्यातकहरू” लाई वित्त पोषण गर्न १५ करोड अमेरिकी डलर बिनियोजन गरेका छन्

कारहरूमा जैविक इन्धनको बढ्दो प्रयोगलाई अनिवार्य गर्ने संयुक्त राज्य अमेरिका  र युरोपका कानुनले एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा खाद्यान्नको मूल्यमा वृद्धि र खाद्यान्नमा आधारित कृषिका लागि जग्गाको अभावमा योगदान पुर्‍यायो। यसले धेरै उद्योगहरू जाट्रोफातिर लाग्न प्रेरित गर्यो । यो एकप्रकारको गैरखाद्य झार हो जुन खाद्यान्न बालीहरूको लागि कम उपयुक्त भूमिमा फल्छ  र थोरै जमिनमा धेरै तेल उत्पादन गर्दछ। अन्वेषकहरूले जाट्रोफालाई उखु र मकैको तुलनामा प्रति एकाइ ऊर्जाको पाँच गुणा बढी पानी चाहिन्छ र ग्वाटेमालामा उत्पादन हुने प्रति लिटर बायोडिजेलका लागि औसत २० हजार लिटर पानी चाहिन्छ भन्ने कुरा पत्ता लगाएका छन् ।

राम्रो लगानी: सामुदायिक पानी व्यवस्थापन र बाली विविधीकरण

चोर्तीहरु ले आफ्नो भूभाग फिर्ता लिन थालेको भएपनि प्राकृतिक स्रोत र जीविकोपार्जनमा उनीहरुले प्राप्त गरेको अधिकार सरकार र किसानले हनन् गर्ने क्रम जारी छ । कतिपय नगरपालिकाले अझै पनि आदिवासी जनजातिको नाममा जग्गा दर्ता गर्न अस्वीकार गरेका छन् । जवाफमा, सन् २०१९ मा चोर्ती महिलाहरूले अगाडि बढ्न तीन वटा उपायहरु प्रस्ताव गरे: सामुदायिक क्षेत्रहरू, मुख्यतया जहाँ पानीका स्रोतहरू अवस्थित छन् त्यहाँ पुनर्वन नीतिको कार्यान्वयन; परिवारको पानीमा पहुँच सुनिश्चित गर्न जलाशयहरूको निर्माण; र आदिवासी समुदायको अधिकारलाई वैधानिकता दिने र आदिवासी बसोबासका क्षेत्रहरूमा वातावरणीय क्षतिका लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउन  अदालती प्रक्रिया जारी राख्ने ।

एउटा समुदायमा, नगरपालिकाका मेयरले नजिकैको ताल सुकाईदिएपछि, तालमा आश्रित आदिवासी परिवारहरू आफ्नो घरबाट एक किलोमिटर टाढाबाट पानी बोक्न बाध्य भए। COMUNDICH को सहयोगमा, समुदायले आफ्नो पानी भण्डारण गर्न जलाशय निर्माण गरेको छ ।

जलवायु परिवर्तन र स्थानीय पारिस्थितिकिय प्रणालीको द्रुत विनाशले कृषिमा निर्भर चोर्ती समुदायको पानीको उपलब्धता र जीविकोपार्जनमा असर पारेको छ। जलवायु परिवर्तनको कारणले उनीहरूको सिमी र मकै जस्ता मुख्य बालीहरू बारम्बार खडेरीको चपेटामा पर्छन्, र महामारीको समयमा धेरै मानिसहरूको बाली खेर गयो, जसले गर्दा उनिहरू मकै र केही आधारभूत अन्नहरूमा मात्र बाँच्न बाध्य छन् ।

आफ्नो जलाशयको पानीको सहयोगले  समुदायले आफ्नो बाली विविधीकरण गर्न र वातावरणमा राम्रोसँग अनुकूल हुने रैथाने प्रजातिहरू रोप्न सफल भएको छ। यस बाली विविधीकरणले उनीहरूको आहारमा सुधार आएको छ र उनीहरूको जमिनको उपयोगलाई अनुकूल बनाएको छ। यी बगैंचाहरूले परिवारहरूलाई महामारीको समयमा खाद्यान्न अभावको सामना गर्न मद्दत गरेको छ, र उनीहरू अब नयाँ जलाशय निर्माण गर्ने योजनामा ​​छन् जसले विशेष गरी खडेरीको समयमा यस समुदायका ४० भन्दा बढी परिवारहरूलाई फाइदा पुर्‍याउँछ ।

आज, चोर्ती महिलाहरूले पानीको संरक्षण र सुरक्षाका बारेमा आफ्नो पैतृक ज्ञानलाई व्यवहारमा उतार्न सकेका छन्, र उचित भूमि अधिकार प्राप्त गर्न  र पानीको स्रोतहरूमा पहुँच सुनिश्चित गर्ने कानुनी प्रक्रिया अवलम्बन गरेका छन् ।

यो लैङ्गिक रुप न्यायपूर्ण जलवायु समाधानको नेतृत्व कसले गरिरहेको छ?

आदिवासी मायन चोर्ती महिला र COMUNDICH को संजाललाई Fondo Tierra Viva ले सहयोग गरेको छ, जुन GAGGA संजालको एउटा हिस्सा हो। COMUNDICH को कामबारे यहाँ जानकारी लिन सक्नु हुन्छ ।

 


Related Post

We Are Hiring: Operations and Finance Officer!

DEADLINE EXTENDED! Are you passionate about ensuring efficient financial management and operational excellence to support transformative work in climate, environmental,…

See more

We Are Hiring: Donor Engagement Officer!

DEADLINE EXTENDED! Are you passionate about cultivating relationships and securing funding to support transformative work in climate, environmental, and gender…

See more
Anamika Dutt's picture with the text, "welcoming Anamika Dutt, GAGGA's PMEL Officer"

Welcoming Anamika Dutt As GAGGA’s Planning, Monitoring, Evaluation & Learning (PMEL) Officer!

Anamika Dutt is a feminist MEL practitioner from India. Anamika believes that stories of change and impact are best heard…

See more

Subscribe to our newsletter

Sign up and keep up to date with our network's collective fight for a gender and environmentally just world.