हामी पृथ्वीको फोक्सोलाई पुनर्जिवित गराउन चाहन्छौ ः पर्यावरणीय पुनःस्थापनाको अग्रपंक्तिमा


हामी फेमिनिस्टास क्यामपेसिनास (ग्रामीण नारिवादी महिलाहरु) पृथ्वीको फोक्सोलाई पुनर्जीवन दिन चाहन्छौं ।

कोभिड१९ महामारीले हाम्रो खाद्य तथा कृषि प्रणालीको नाजुक स्थितिमाथि प्रकाश पारिदिएको छ र पाम तेल र उखुका कारण खेती कसरी औद्योगिक एकलबाली बन्दै गइरहेको छ वा कफि र कोका जस्ता नगदे बालीको उत्पादनमा मात्र केन्द्रित भइरहेका छन् भन्ने कुरा देखाएको छ । यसले माटोमा ह्रास आउनुका साथै प्राकृतिक वन विनाश हुनपुगेको छ । फलस्वरुप ऐतिहासिक रुपमा आत्मनिर्भर रहेका स्थानीय समुदायहरु आफूलाई अहिले पर्याप्त खाद्यान्न उत्पादन गर्नसक्दैनन् र उपभोग्य सामग्रीको अभावको सामना गर्छन् । धेरै स्थानीय समुदायहरु, महिला र स्थानीयस्तरका समूहहरुले चुनौतीहरुको सामना गरिरहेका छन्, जसले हामीलाई उत्थानशिलता, खाद्य सुरक्षा र पानीका विषयमा पुनर्विचार प्रेरित गरेका छन् ।

हाम्रा प्रणालीहरुका बारेमा सम्पूर्णताको अवधारणाले पुनर्विचार गर्ने समय आइसकेको छ, र पृथ्वीको पर्यावरणीय स्थिरतालाई बल पु¥याउने र हाम्रो वनहरुमा समृद्ध जैविक विविधताको विजारोपण गर्ने नीति तथा अभ्यासहरुको प्रवद्र्धन् गरी हाम्रो खानामार्फत हामीलाई सुस्वास्थ्य ल्याउनुपर्छ । एनलोग फोरेस्ट्री एउटा त्यस्तै अवधारणा हो । 

यो प्राकृतिक वनको प्रतिस्थापन गर्ने तर फलफुल र ओखरको रुख, कफी, काकाओ, एभोकाडो जस्ता उपयोगी प्रजाति र जडिबुटीले भरीपूर्ण बनाएर पर्यावरणीय प्रणालीलाई पुनर्जीवन दिने विधि हो । यसले पानीको सन्तुलनलाई पुनस्र्थापित गर्छ र स्थानीय समुदायका लागि आय आर्जन हुनछ । एनलोग फोरेस्ट्रीको प्रयोग जलवायु परिवर्तनविरुद्धको शक्तिशाली हतियार हो किनभने यसले वन विनाश रोक्छ, माटो पुनर्जीवित गर्छ र जैविक विविधताको विस्तार गर्छ । महामारी, भोकमरी र जलवायु परिवर्तनसम्बन्धी अन्य जोखिमहरुप्रति प्राकृतिक प्रतिरोध क्षमता भएको स्वस्थ र उत्थानशील पारिस्थितीय प्रणाली हासिल गर्न यो अत्यावश्यक छ । यी पुनःप्राप्त र पुनजीर्वित गरिएका वनहरुले हावा शुद्ध बनाउने र ठूलो मात्रामा कार्बन सोस्ने काम गर्छन् । 

एनलोग फरेस्ट्रि लैङ्गिक असमानताविरुद्धको पनि एउटा शक्तिशाली साधन हो यो नारिवादी लडाईंको एउटा अंश हो । निकारागुवाको सन्दर्भमा परम्परागत कृषि उत्पादन प्रणालीमा महिलाहरु श्रमिक मात्र हुन्, प्रयोग गरिने वस्तु जस्ता छन् । एनलोग फरेस्ट्रि हाम्रो लागि स्वस्थ खाद्यन्नको उत्पादनमा पनि संलग्न हुने र आफ्नो पालनपोषण र स्वास्थ्यमाथिको स्वामित्व पुनःप्राप्त गर्ने एउटा अवसर हो ।

तर यो प्राविधिक मात्र होइन । एनलोग फरेस्ट्रिलाई नारिवादी दृष्टिकोणबाट अवलम्बन गर्दा निरन्तरको भूमि अधिकार र सर्वसाधारणको नारिवादी लडाईंको एउटा अंश बन्न सक्छ । भूमि एउटा सार्वजनिक वस्तु हो जसले हामीलाई शक्ति दिन्छ, जुन कुरा निष्ठाका साथ बस्न हामीलाई आवश्यक छ । त्यसैकारण भूमिमाथिको स्वामित्व, भूमिमा पहुँच र नियन्त्रणका लागि हामीले लड्न जरुरी छ ।

अहिले म भूमिको व्यवस्थापन गर्छु, र त्यसले सदियौं देखिको असमानताको व्यवस्था तडिएको अनुभूति दिन्छ । अब म आफ्ना खाद्यान्न आफैँ उब्जाउन सक्छु । औपनिवेशकालको जस्तो माटोको शोषण र दोहन गरेर होइन, तर आध्यात्मिकपर्यावरणीय विधिले हो । मैले पृथ्वीसँग हामी आदिवासी महिलाहरुको एतिहासिक सम्बन्धलाई पुनःजोड्ने काम गर्नसक्छु; उनको स्वास्थ्य मेरो पनि हो । वास्तवमा हामी शोषणको भौतिकवादी व्यवस्था विरुद्ध लड्दै हाम्रो लागि सम्मान र सौहार्दतामा आधारित व्यवस्थाको निर्माण गर्दैछौं ।

एनलोग फरेस्ट्रि तालिम लिएको दुई बर्षपछि नै मैले कफि, केरा, प्यासनफ्रुट, सौर्यमुखी फुल, विभिन्न मसला र तरकारी फलाईसकेको छु, र अर्को बर्ष मेरो खेतमा एभोकाडो पनि फल्नेछ । म अन्य महिला र अन्य परिवारहरुका लागि एउटा उदाहरण बन्न चाहन्छु, र अझ बढी दिगो उत्पादन सम्भव छ भनेर देखाउन चाहन्छु । म मेरो वनलाई एउटा प्रदर्शनी केन्द्रका रुपमा प्रयोग गर्न चाहन्छु, सिक्ने र अनुभवको आदानप्रदान गर्ने केन्द्र बनाउन चाहन्छु । म अन्य महिलाहरुलाई उत्प्रेरणा दिन चाहन्छु, मेरो ज्ञान बाँड्न चाहन्छु, खाद्य सुरक्षा र सम्प्रभुत्ता, जडिबुटीको प्रयोग प्रवद्र्धन् गर्न, र पानीका स्रोतहरुलाई पुनर्जीवित गराउन चाहन्छु । मेरो समुदायका अन्य परिवारहरुले पनि मेरो साथ दिंदै आफ्नै एनालोग वन सुरु गर्ने मैले आशा गरेकी छु ।

महिलाहरुलाई प्रायः खाद्य सम्प्रभुत्ता, पानी र स्वच्छ तथा सुरक्षित जीवनको वातावरणको अधिकारबाट बञ्चित गराइन्छ । महिलाहरुलाई पर्यावरणीय पुनस्र्थापनाको अग्रपंक्तिमा राख्दा उनीहरुले त्यो अधिकार प्राप्त गर्छन् । सृष्टिकार पृथ्वी जस्तै महिलाहरुले पनि सृष्टि गर्छ । पृथ्वी स्वस्थ भएमा हामी पनि आध्यात्मिक, शारीरिक र मानसिक रुपमा स्वस्थ हुन्छौं । उनले हामी महिलालाई शसक्त बनाउने काम गर्छिन् त्यसैकारण हामी पनि हाम्रो जग्गामा आकाशबाट देख्न सकिने बलियो रुख जस्तो बन्छौं ।

 

कृषि र सहकारी व्यवस्थापनमा इन्जिनियरका रुपमा तालिमप्राप्त गरेकी लुज मरिना नारिवादी कृषक हुन् ।  उनी फनडासियोँ अन्त्रे मुजुरेस (एफइएम)का सदस्य हुन् र दक्षिणी निकारागुवाको एल जोकोटेस्थित आफ्नो समुदायमा एनलोग फरेस्ट्रिको स्थानीय प्रवद्र्धक पनि हुन् । इन्टरनेसनल एनलोग फरेस्ट्रि नेटवर्कका बारेमा तपाईं थप जानकारी यहाँ प्राप्त गर्नसक्नुहुन्छ ।


Related Post

We Are Hiring: Operations and Finance Officer!

DEADLINE EXTENDED! Are you passionate about ensuring efficient financial management and operational excellence to support transformative work in climate, environmental,…

See more

We Are Hiring: Donor Engagement Officer!

DEADLINE EXTENDED! Are you passionate about cultivating relationships and securing funding to support transformative work in climate, environmental, and gender…

See more
Anamika Dutt's picture with the text, "welcoming Anamika Dutt, GAGGA's PMEL Officer"

Welcoming Anamika Dutt As GAGGA’s Planning, Monitoring, Evaluation & Learning (PMEL) Officer!

Anamika Dutt is a feminist MEL practitioner from India. Anamika believes that stories of change and impact are best heard…

See more

Subscribe to our newsletter

Sign up and keep up to date with our network's collective fight for a gender and environmentally just world.