हाम्रो राम्रो जीवनको रक्षा गर्न सङ्घर्ष


आजकल, पानी कहिले बढ्छ र कहिले घट्छ हामीलाई थाहा हुँदैन ।

म मार्सिया मुरा हुँ । मेरो समुदाय भनेको मुरा हुन्, मेरो गाउँ ब्राजिलको रोन्डोनिया राज्यको मडेइरा नदीको नाजारे जिल्लाको मालोक्विनहा हो ।

पछिल्लो पटक नाजारे पुग्दा म दश वर्षको थिएँ । बाढीको मौसम थियो र म मेरा नातेदारहरूसँग पानीमा हाम फाल्दै थिएँ । मलाई यो यात्राको सम्झना म मेरी काकीसँग माछा मार्न गएको थाहा छ र उहाँले पिउनको लागि खोलाको पानी ल्याउनुहुन्थ्यो ; उसले सफा कपडाले हिलो पानीलाई एउटा भाँडोमा छान्नुहुन्थ्यो । म पाँच–दश वर्षको हँदा यी सम्झनाहरू फर्केर हेर्दा मडेरा नदीको पानी पिउनयोग्य थियो । तर, खासगरी जलविद्युतको बाँधका कारण ठूलो बाढी आएपछि जमिनमुनिको पानी दूषित भएपछि त्यो अब सम्भव छैन ।

वृद्ध व्यक्तिहरुका अनुसार पहिला साना छेपारो जस्तो जनावरहरू वर्षको एउटा निश्चित समयमा मात्र देखापर्दथे, जुनसमय पानी उनीहरूमा पुग्न सक्दैनथियो । तर अहिले ध्यान दिन थालेपछि घर र रूखहरूमा टाँसिएको सानो सेतो छेपारोको अण्डासम्म पानी पुग्छ भन्ने कुरा ज्ञात हुन्छ । पानी बढ्ने र ओर्लर्ने बेला चेतावनी दिने चराले अझै पनि गाइरहन्छ, तर पानी बढ्ने र घट्ने कुरा आफ्नो सामान्य समय पछि हुनेगर्छ । त्यसैगरी, वातावरणमा रहेको वनस्पति र जीवजन्तुले बाढी र खडेरी, रोपाईँ र बाली भित्राउने समयलाई संकेत गर्दैनन् । आज यो सबैको निर्धारण जलविद्युत बाँधहरूले गर्दछन् ।

नदीमा हुने यस्ता हस्तक्षेपहरूले स्थानीय समुदाय र आदिवासी इलाकाहरूका लागि धेरै समस्याहरू निम्त्याएको छ, वर्षा पनि फरक भएको छ । नाजारेसँगै, मडेरा नदीको किनारमा रहेका अन्य तटीय समुदाय र गाउँहरू पिउने पानीविहीन छन् । खडेरीको समयमा पानीको संकट देखापर्छ र वर्षायाममा धेरै पानी भए पनि पिउन योग्य हुँदैन । नदी पहिल्याउन पनि कठिन हुनजान्छ किनभने सुख्खा मौसममा नदी धेरै सुख्खा हुन्छ, जसले यस अघि नदेखिएका तटहरू देखा पर्न थाल्छन् ।

सेप्टेम्बरको अन्त्यमा, म मुराका पुर्खाहरूले प्रयोग गरेको पुरानो मार्गबाट अमेजनस राज्यको उरुपेरा सहर गएको थिएँ । म मेरी आमालाई लिन गएको थिएँ, जहाँ मेरो हजुरआमाको पालाको ब्राजिल नट बँगैचालाई उहाँले पुनस्र्थापित गर्दै हुनुहुन्छ । माथिल्लो भागहरूमा र नजिकैको तालको किनारमा पनि धेरै गर्मी थियो, र त्यसपछि त्यहाँ ठूलो वर्षा भयो । यो देखेर मैले आमालाई सोधेँ, “आमा, अगस्ट महिना यतिको गर्र्मी र आँधीको समय होइन न? आमाले जवाफ दिनुभयो, “यो पहिलाको कुरा हो अब बर्षाको समय सेप्टेम्बर महिनामा सरेको छ ।”

यसरी हामीले जलवायु परिवर्तन र बाढी, बेमौसमी आँधी र गर्र्मी ताल र जंगलको माथिल्लो भागमा पनि अनुभव गर्छौं  । हामी सबैलाई थाहा छ कि यो ठूलो मात्रामा आपराधिक आगलागी, वन फँडानी र जलविद्युत बाँधहरूका कारण नदीहरूमाथि हस्तक्षेपको प्रभावको कारण भएको हो । सामान्यतया, आदिवासी जनजातिको पुर्खौली भूमि किसान, काठ व्यापारी, खानी उद्योगी र आगलागीद्वारा निरन्तर घटाइँदैछ र आक्रमण भइरहेको छ; हाम्रो मुरा क्षेत्र राज्यको आधिकारिक नक्सामा अदृश्य बनाइएको छ ।

आदिवासी र वातावरणीय अधिकारकर्मी एल्टन क्रेनाकले भनेझैं हामीले यी नकारात्मक वातावरणीय र जलवायु प्रभावहरूलाई उल्टाउने प्रयास गर्नुपर्छ र संसारको अन्त्यलाई रोक्ने तरिकाहरू खोज्नुपर्छ । यस परिप्रेक्ष्यमा, मुरा सामूहिक अभियानले हाम्रो जीवनलाई विचार नगरी सरकारले थोपरेका विकास परियोजनाहरूको सामना गर्न मडेरा नदीको किनारमा रहेका परम्परागत समुदायहरूलाई सशक्तीकरण गर्ने काम गर्दछ । सरकारले यी आयोजनाहरूले हामीलाई प्रगति दिने भन्छ तर वास्तवमा यसले नदी, माछा र सम्पूर्ण वातावरणको मृत्यु मात्र ल्याउने गर्छ । हाम्रो मुख्य क्रियाकलाप हाम्रो मुरा वक्तव्यमा केन्द्रित छ ः

पोर्टाे वेल्हो नगरपालिक मुरा क्षेत्र हो भनी हामी घोषणा गर्छौं । हामी पुर्खाको स्मृतिको धागो जोडेर हाम्रो आधारलाई बलियो बनाउन काम गर्छौं र हामी आदिवासी स्मृति र मडेरा नदीको इतिहासको पहिचान र पुनर्निर्माणको लागि संघर्ष गर्छौं । चुनौतिहरूका बावजुद हामी आफू जोडिएको सम्पूर्ण वातावरणको रक्षा गर्न कार्यलाई निरन्तरता दिन्छौं, र हाम्रो राम्रो जीवनयापनलाई कायम राख्न संघर्ष पनि गर्छौं ।

हामी हाल मडेइरा नदी पुनःस्थापना गर्दैछौं र यो प्रतिरोधको अग्रपंक्तिमा महिलाहरू छन् । जबसम्म यो मडेरा नदीमा आवाज उठाउन र लड्न मुरा छन्, तबसम्म मुरा प्रतिरोधले निरन्तरता पाउनेछ । होइन भने, विश्वको फोक्सोका रुपमा रहेको हाम्रो अमेजन क्षेत्र धेरै लामो समयसम्म टिक्ने छैन ।

 

मार्सिया मुरा मडेइरा नदीलाई पुनःस्थापना गरिरहेका व्यक्तिहरूले गठन गरेका मुरा आदिवासी सामूहिक अभियानका तर्फबाट लेख्छिन् । उनीहरूले पोर्टाे वेल्हो र मडेइरा नदीको किनारमा रहेका तटीय समुदायहरूमा मुरा व्यक्तिहरूको पहिचान र पुर्खाहरूको स्मृतिलाई बलियो बनाउने; आदिवासी जीवनशैलीको मान्यताको लागि स्थानीय समुदायसँग मिलेर काम गर्ने; सामाजिक तथा वातावरणीय अधिकारका लागि संघर्षरत क्षेत्रीय र राष्ट्रिय आदिवासी आन्दोलनहरूमा भाग लिने; रचनात्मक र परम्परागत उत्पादनलाई सुदृढ गरी स्थानीय आयआर्जन सुनिश्चित गर्ने; र अमेजन बायोममा सहअस्तित्वमा योगदान गर्ने र जलवायु परिवर्तनसँग लड्ने कार्यहरूलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेका छन् ।


Related Post

Job vacancy: Advocacy & Collaborations Coordinator

The Global Alliance for Green and Gender Action (GAGGA) is currently looking to recruit a full-time coordinator to support the…

See more

Job vacancy: Linking & Learning Coordinator

The Global Alliance for Green and Gender Action (GAGGA) is currently looking to recruit a full-time Linking & Learning Coordinator.…

See more

Report | Critical approaches to gender in mountain ecosystems

Women play a key role in nature conservation, yet they often lack the inputs, technologies, training and extension services, and…

See more

Subscribe to our newsletter

Sign up and keep up to date with our network's collective fight for a gender and environmentally just world.