GAGGA द्वारा २०२२ #WeWomenAreWater अभियानको थालनी

झूटा जलवायु समाधानले अब चल्दैन, अबको समय भनेको जलवायु र पानीससम्बन्धी संकटको न्यायोचित समाधानहरुका लागि स्रोत सुनिश्चित गर्नु हो।
जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (IPCC) छैठौ मूल्याङ्कन प्रतिवेदनको दोस्रो किस्ताले गत हप्ता निम्लालिखित कुराहरु स्पष्ट गरेको छ : जलवायु परिवर्तन मानव कल्याण र ग्रहको स्वास्थ्यका लागि खतरा हो, र ठोस विश्वव्यापी कदम चलनमा हुने थप ढिलाई गर्नु भनेको सबैका लागि जीवनयोग्य र दिगो भविष्य सुरक्षित गर्ने छोटो र द्रुत रूपमा बन्द हुँदै गईरहेको मौका गुमाउनु हो ।
प्रतिवेदनले अर्को कुरा पनि स्पष्ट पारेको छ: न्याय र समानतालाई प्राथमिकता दिँदै वैज्ञानिक, आदिवासी र स्थानीय ज्ञानलाई एकसाथ ल्याउने हो भने त्यसले अझ प्रभावकारी जलवायु समाधान दिन्छ । त्यस्ता समाधानहरू पहिले नै अवस्थित छन् र विश्वभरका महिला, किशोरी, ट्रान्स, इन्टरसेक्स र गैर-बाइनरी व्यक्तिहरूबाट लागू भइरहेका छन् । यो समूह सामान्यतया जलवायु परिवर्तनको असरबाट प्रभावित हुने मध्ये पहिलो हुने गर्छन् र निर्णय प्रक्रियामा बेवास्ता गरिए पनि स्थानीय जलवायु कार्यहरूको नेतृत्व गर्छन्। प्राकृतिक स्रोतहरूमा निर्भर यी व्यक्तिहरूले स्थानीय, परम्परागत र स्वदेशी ज्ञानको प्रयोग गरी जलस्रोतहरूलाई सुरक्षित र संरक्षण गर्ने जलवायु समाधानहरूको विकास गरिरहेका छन् । र त्यसमा तटीय बासस्थान पुनर्स्थापना र सामुदायिक पानी व्यवस्थापनदेखि वर्षाको पानी संकलन प्रणाली र खाद्य वनहरू रहेका छन् ।
दुर्भाग्यवश, यी पहलहरूका आर्थिक सहायोग ज्यादै न्यून छ, र जलवायु परिवर्तन र जलवायु-सम्बन्धित पानीको अभावबाट सबैभन्दा बढी प्रभावित मानिसहरूलाई जलवायु परिवर्तनलाई सम्बोधन गर्न न्यूनीकरण र अनुकूलन कार्यहरूलाई सहयोग गर्ने वित्तिय पहुँचबाट धेरै हदसम्म वञ्चित गरिएको छ। विश्वव्यापी उपलब्ध आर्थिक सहायताको केवल ०.०१% ले जलवायु र महिला अधिकार दुवैलाई सम्बोधन गर्ने परियोजनाहरूलाई सहयोग गर्नेगरेको अवस्था छ ।
त्यसैलकारण यस वर्ष हामीले हाम्रो वार्षिक #WeWomenAreWater अभियानमा अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८ ) देखि विश्व पानी दिवस (मार्च २२ ) सम्म पानीसँग सम्बन्धित लैङ्गिक-न्यायपूर्ण जलवायु समाधानहरूको प्रचारप्रसार गर्नेछौं। यी सवालहरूले विकास वित्त संस्थाहरू र जलवायु कोषहरूलाई मानवअधिकारको उल्लङ्घन गर्ने र पानीलाई नकारात्मक असर पार्ने ठूला बाँध र मोनोकल्चर वृक्षरोपण जस्ता वातावरणीय रूपमा विनाशकारी परियोजनाहरूबाट टाढा लैङ्गिक असमानताहरुलाई सक्रिय रूपमा चुनौती दिँदै जलवायु परिवर्तनलाई सम्बोधन गर्ने समुदाय-नेतृत्वका पहल तथा कार्यक्रमहरूमा सार्न किन आवश्यक रहेको छ भन्ने कुरा देखाउँछन्। हामी दिगो विकास लक्ष्यहरूसँग आफ्नो लगानीलाई सामन्जस्य गराउने लगानीकर्ताहरू र पेन्सन कोषहरूलाई यी स्थानीय जलवायु समाधानहरू समावेश गर्न आफ्नो प्रतिबद्धताहरू विस्तार गर्न आग्रह पनि गर्दछौं।
अन्तर्राष्ट्रिय महिला दिवसबाट सुरु हुँदै, the Global Alliance for Green and Gender Action (GAGGA) र हाम्रा साझेदारहरूले ग्वाटेमाला, पाराग्वे, फिलिपिन्स, मोजाम्बिक, नेपाल र नाइजेरियाका कथाहरू सामाजिक सञ्जालहरूमा पोस्ट गर्नेछन् । ती कथाहरु जलवायु वित्तको क्षेत्रमा कार्यरत संस्थाहरूले लगानी गर्ने जलवायु संकटको प्राविधिक समाधानहरूसंग केन्द्रित हुनेछन् जसले व्यवसायिक क्षेत्रको नाफालाई संरक्षण गर्छ र जमिन, खाद्य सम्प्रभुता र पानीमा जनताको पहुँचसँगै महत्वपूर्ण परिस्थिकीय प्रणालीलाई नकारात्मक असर पार्छ। जीवाश्म ईन्धन उत्खनन्माथि को निरन्तर लगानीले GAGGA-समर्थित समुदायहरूको सीमित पानीको अवस्थालाई कसरी झन् प्रभावित गर्छ भन्ने कुरा पनि प्रकाश पार्नेछौं। यी कथाहरू सानो नमूना भएपनि त्यसले विश्वभरका धेरै समुदायहरूको वास्तविकता झल्काउँछ।
न्यायोचित, समावेशी र दिगो जलवायु समाधानहरू स्थानीय स्तरमा पहिले नै अवस्थित छन् – तिनीहरूलाई संसाधनले पूर्ण बनाउने समय आएको छ । “सधैको-जस्तो” समाधानहरूको सट्टा मानिस र ग्रहलाई प्राथमिकता दिने यी महिलाहरूको नेतृत्वका परिवर्तनकारी जलवायु समाधानहरूका लागि जलवायु वित्त सहायता माग गर्ने अभियानमा सामेल हुनुहोस्।
सामाजिक मिडिया टूलकिट यहाँ हेर्नुहोस् र #WeWomenAreWater र #LasMujeresSomosAgua प्रयोग गरेर Facebook, Instagram र Twitter मा अभियानलाई फलो गर्नुहोस् ।
_______________
अभियान कथाहरू
महिलाहरूले नाइजर डेल्टामा म्यान्ग्रोभ वनहरू पुनर्स्थापित गर्दैछन्
मगर महिलाहरूले जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न आदिवासी ज्ञान प्रयोग गरेका छन्
क्युम महिलाहरूले पराग्वेली चाकोमा रैथाने वन संरक्षण गरेका छन्
जलवायु परिवर्तनलाई कम गर्न र अनुकूलन गर्न दुमगाट महिलाहरूले गैर-काठ वन उत्पादनहरू प्रयोग गर्छन्
मायन चोर्तीका महिलाले आफ्नो भूभागको अधिकार र पानीमाथिको पहुँच पुन:प्राप्त गरेका छन्

Qom women protecting their lands against degenerative eucalyptus monocultures – Paraguay
We, women of the Qom Indigenous community of Santa Rosa, have long been trying to protect our lands against the…

Restauração de manguezais para combater as consequências da extração de combustíveis fósseis – Nigeria
Cresci no Delta do Níger, na Nigéria, como membro da comunidade indígena de agricultores e pescadores de Yaataah. Durante décadas,…

Conhecimento indígena para mitigar os impactos da mudança climática – Nepal
Meu nome é Purna Kumari Magar e faço parte da comunidade indígena Magar no Nepal. Como parte desta comunidade, minha…
Subscribe to our newsletter
Sign up and keep up to date with our network's collective fight for a gender and environmentally just world.