जलवायु संकटको सामना ः हामीले उत्पन्न नगरेको संकट


मेरो नाम सोफिया गुटिएरेज हो, र म सशस्त्र द्वन्द्वको समयमा बढी हुर्केकी हुँ । कोलोम्बियामा, हिंसा बढे पनि जनजीवन चलिरह्यो । बेलुका सुत्ने बेलामा सुनाउने मेरा कथाहरू मेरो हजुरआमाले मलाई उहाँ र उहाँको परिवार कसरी हिंसाका कारण ज्यान जोगाउन गाउँतिर भाग्नु प¥यो भन्ने बारेमा सुनाएका कथाहरू हुन् । जो बस्छ त्यो मारिन्छ भन्ने कुरा सुनेको हुनाले, उनीहरू डरमा नै बाँचे तर पनि परिवर्तनको चाहना, र न्यायका लागि लडाईं छोडेनन् ।

तर यी कथाहरू मात्र थिएनन्; यी त कोलोम्बियाका सबैभन्दा जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्ने व्यक्तिले अनुभव गरेका दैनिक वास्तविकता हुन्, जहाँ मानिसहरूसँग डराउने समय पनि छैन किनभने उनीहरूले प्रतिरक्षामा उत्रन आवश्यक छ । आफ्नो समुदायलाई उनीहरूले एकै समयमा अतिउत्खनन्का साथै युद्धको विनाशबाट रोक्न आवश्यक छ ।

यदि तपाईं वातावरणका बारेमा चिन्ता गर्नु हुन्छ भने कोलोम्बिया विश्वको सबैभन्दा खतरनाक देश हो ; गत बर्ष मात्र ६५ जना वातावरण रक्षकहरूको हत्या भयो । हरेक दिन विश्वका नेता, बैंक र कम्पनीहरूले सबैभन्दा प्रभावित व्यक्ति र क्षेत्रले कस्तो अवस्थाबाट गुज्रिनु परेको छ भन्ने कुरा आफू त्यसबाट प्रत्यक्ष रुपमा प्रभावित नभएसम्म उपेक्षा गर्दछन् ।

यसले हामीलाई एउटा आधारभूत धारणातर्फ डो¥याउने गर्छ ः सबैभन्दा प्रभावित व्यक्ति र क्षेत्रलाई सदैव पछाडि छाडिन्छ । यसको प्रमुख कारण के हो त भने आर्थिक व्यवस्थाले हामीलाई आधारभूत मानवअधिकारको पनि हकदार सम्झंदैन । दक्षिणी विश्वले धेरै लामो समय देखि जलवायु संकटको सामना गर्नु परिरहेको छ; यो हाम्रा लागि कुनै नौलो कुरा होइन ।

जलवायु संकटको आधार सिर्जना गर्ने काम उपनिवेशकालमा गरिएको थियो । उपनिवेशवादसँगै पृथ्वीको अत्यधिक दोहन भयो, नरसंहार भयो, र आदिवासी ज्ञानको हत्या हुन गयो । हाम्रो देश र हाम्रा जनताले उपनिवेशी शासकहरूलाई त्यो उपहारका रुपमा दिएको विश्वास गरिन्छ, जसले गर्दा उनीहरूले आफ्ना आवश्यकताहरू कुनै प्रतिबन्धहरू विना पूरा गर्न सकुन् । प्राकृतिक स्रोतको पवित्रता र संरक्षणको अवधारणालाई उनीहरूले पूर्ण रुपमा उपेक्षा गरे ।

यसको फलस्वरुप हामीले अझै पनि हाम्रो दैनिक जीवनमा दु्रत उपभोग र अतिउत्खनन्का आयामहरू देख्नसक्छौं, जसले अझै पनि उत्तरी विश्वको अर्थतन्त्रलाई मलजल गर्ने काम गरिरहेको छ । यस कुरालाई ध्यानमा राख्दै, विगतमा उपनिवेशी शासन भोगेका राष्ट्रहरूले हरितर्गह ग्यासको उत्सर्जन पनि कम गरिरहेको तथ्यलाई स्वीकार गर्नु पनि महत्वपूर्ण छ । हामी शोसकहरूलाई नै उल्टो स्रोत आपूर्ति गरिरहेको छौं तर हाम्रो कुनै दोष नरहेको जलवायु संकटको सबैभन्दा खराब परिणाम भने हामीले अझै भोगिरहनु परिरहेको छ ।

अब चालिनु पर्ने आवश्यक कदम ? जीवाश्म इन्धनका लागि लगानी राकौं र न्यायसंगत उर्जा रुपान्तरणलाई लागु गरौं ।

मैले मेरो अभियान कार्यमा पनि यही विषयलाई जोड दिइरहेको छु । सन् २०१९ को अगस्ट महिनामा मेरो देशको बर्षा निम्त्याउने वनको एउटा भाग जलेर नस्ट भएपछि मात्र म जलवाय अभियान कार्यको शरणमा आइपुगेकी हुँ । जलवायु आन्दोलनमा मेरो संलग्नता बढ्दै गएपछि, मैले जलवायु परिवर्तन र सामाजिक न्यायबीचको सम्बन्धको आकारलाई बुझ्न पाएँ किनभने मैले मेरो देशमा जलवायु परिवर्तनको प्रभावबाट पीडित व्यक्तिहरूका कुरा प्रत्यक्ष सुन्न पाएँ । मेरो परिवारको अनुभवको आधारमा हामी जहिल्यै पनि बर्षाको मौसममा पर्ने पानीले हाम्रो घर डुबाउँछ कि डुबाउँदैन भनेर हेर्न पर्खेर बस्ने गर्दथ्यौं ।

हाम्रो भूभागलाई कसरी संरक्षण गर्नुपर्छ भन्ने शिक्षा र सूचनामा हाम्रो पहुँच छैन, र अग्रपंत्तिमा रहेका व्यक्तिहरूलाई सहयोग पु¥याउने कानुनी आधार छैन भने हाम्रो देशले वातावरणको विषय अगाढि बढ्न सक्दैन भन्ने कुरा मैले बुझ्न थालेकी छु । उत्खनन, जलवायु आपतकालको घोषणा र शैक्षिक विषयहरूमा मेरो सरकारसँग राष्ट्रिय संवादहरूमा सहभागी हुने मौका मैल पाएकी छु । राजनीतिमा संलग्न भएपछि मेरो स्थानीय सरकारसँग मैले काम गर्दै गुणस्तरीय वातावरण शिक्षामा पहुँचका लागि सङ्घर्ष गर्ने निर्णय गरे । गैसस, नागरिक र मानवअधिकार रक्षकहरूसँगको कठिन परिश्रम पछि, बोगोटाले स्थानीय परिषद्मा जलवायु संकटकालको घोषणा ग¥यो र नगरसभाले हरित नीतिहरू तर्जुमा गर्न सुरु ग¥यो ।

आजभोली म प्याक्टो जेल क्लिमा नाम गरेको युवा संस्थासँग आवद्ध छु । हामी युवा आन्दोलनका रुपमा सुरु गरेका छौं र हाम्रो मुख्य लक्ष्य युवाहरूलाई निर्णय प्रक्रियामा अधिकार प्रदान गर्नु रहेको छ । शौभाग्यवश, १२ जना उर्जवान युवा अभियन्ताहरूबाट सुरु भएको यो अभियान जलवायु संकट विरुद्ध लड्ने युवा गैसस बन्न पुगेको छ, र यसका मैले विकास गरेको वातावरणीय शिक्षा कार्यक्रम जस्ता विभिन्न परियोजनाहरू रहेका छन् ।

मेरो विचारमा परिवर्तन ज्ञानबाट सुरु हुन्छ र जलवायुसम्बन्धी कदमको एउटा पक्ष भनेको युवाहरूलाई सुविधाका रुपमा नभई अधिकारका रुपमा सूचनामा पहुँच र गुणस्तरीय वातावरण शिक्षा प्रदान गर्नु हो । मानिससँग सूचनामा पहुँच र सिक्ने सहुाउँदो वातावरण हुनु भनेको विश्वमा सामाजिक तथा जलवायु न्यायका लागि एउटा रक्षक थप हुनु हो । अभियन्ता र शिक्षामा पहुँच भएका व्यक्तिका रुपमा अन्यका लागि समानता हासिल गर्न मद्दत गर्नु हाम्रो कर्तव्य, जसले गर्दा उनीहरूले पनि हामीले जस्तै अवसरहरू प्राप्त गर्न सक्छन् । कोलोम्बिय र विश्वका सबैभन्दा खतरनाक क्षेत्रमा बसोबास गर्ने युवाहरूका लागि जलवायु कदमको अर्थ मानवअधिकारको रक्षार्थ आफ्नो जीवन नै जोखिममा पार्नु हुनुहुँदैन ।

सन् २०१९ देखि मैले कार्यशालाहरूमा सरकारी निकाय र गैससहरूसहित विभिन्न सहभागीहरू (विशेषगरी युवा)लाई जलावायु सकंटमा कसरी काम गर्ने र अन्यलाई काम गर्न कसरी मद्दत गर्ने भन्नेबारेमा प्रशिक्षण दिंदै आएकी छु । मेरो अभियान कार्यमार्फत म मेरो समाजमा परिवर्तन ल्याउन चाहन्छु र त्यसमार्फत अझ राम्रो विश्व बनाउन चाहन्छु । त्यसैकारण मैले फ्राइडेज फर फ्यूचर नामक अभियानमा समावेश भएकी छु, जसले गर्दा विश्वका मुख्य निर्णय र नीतिहरू बन्दा मेरो देशको कथा बिर्सने काम अब नहोस् र अग्रपंक्तिमा रहेकाहरूको आवाज दबाउने काम बन्द होस् ।

 

सोफिया गुटिएरेज प्याक्टो जेल क्लिमा र फ्राइडेज फर फ्यूचरसँग आवद्ध कोलोम्बियाली जलवायु अभियन्ता हुन् । तपाईंले कोप२६ अघि स्विडेनमा भएको जलवायु हडतालमा सोफियाले दिएको भाषण यहाँ सुन्न र हेर्न सक्नुहुन्छ ।


Related Post

Report: Seeds for Harvest – Funding for Gender, Climate, and Environmental Justice

The world has drastically changed in recent years, from the COVID-19 pandemic and ongoing conflicts to the rise of authoritarianism…

See more

Call for Consultancy: Evaluation of GAGGA 2.0 Programme

The Global Alliance for Green and Gender Action (GAGGA) is seeking a consultancy firm or a team of consultants to…

See more
Anamika Dutt's picture with the text, "welcoming Anamika Dutt, GAGGA's PMEL Officer"

Welcoming Anamika Dutt As GAGGA’s Planning, Monitoring, Evaluation & Learning (PMEL) Officer!

Anamika Dutt is a feminist MEL practitioner from India. Anamika believes that stories of change and impact are best heard…

See more

Subscribe to our newsletter

Sign up and keep up to date with our network's collective fight for a gender and environmentally just world.